-->
मन्त्री पासवानलाई एयर एम्बुलेन्सबाट भारत लग्ने तयारी

जेष्ठ २४, २०७३- सिकिस्त बिरामी भएर त्रिवि शिक्षण अस्पतालको आइसीयूमा भर्ना रहेका वातावरण मन्त्री विश्वेन्द्र पासवानलाई एयर एम्बुलेन्सबाट भारत लाने तयारी गरिएको छ । 

पासवानका निजी सचिव राजुबाबु पुडासैनीले स्वास्थ्यमा सुधार नआएपछि बाहिर लाने तयारी थालिएको बताए । 'एयर एम्बुलेन्सका लागि भनिएको छ,' उनले भने । प्रधानमन्त्री केपीशर्मा ओलीले समेत पासवानको उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । ओली आइतबार अस्पताल पुगेर पासवानको स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए । खाना अपच हुने समस्याका कारण पासवानको प्यान्कि्रयाज सुन्निएको छ । 

दिल्लीस्थित कान्तिपुर संवाददाता कमलदेव भट्टराईका अनुसार पासवानलाई भारत ल्याउन दिल्लीस्थित नेपाली दुतावासले तयारी थालेको कार्यवाहक राजदुत कृष्ण प्रसाद ढकालले जानकारी दिए । उनलाई सकेसम्मआजै एयर एम्वुलेन्सबाट भारत ल्याउने तयारी भएको वताइएको छ । दुतावासलाई उनको उपचारको समन्वयगर्न भनिएको एक अधिकारीले वताए । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.