अपांग महिलामाथि सशस्त्रका जवानहरुद्वारा सामुहिक बलात्कारको आरोप, स्थानीयद्वारा
पूर्वपश्चिम राजमार्ग अवरुद्व
जेठ ३१|
काठमाडौं– कपिलबस्तुको शिवराज नगरपालिका वडा नम्बर १० चन्द्रौटा बजारमा एक अपांग महिलामाथि सशस्त्र प्रहरीका जवानहरुले सामुहिक बलात्कार गरेको आरोप लागेको छ । यस्तो आरोप लागेपछि दोषीमाथि कारबाहीको माग गर्दै अहिले स्थानीयले चन्द्रौटामा पूर्वपश्चिम राजमार्ग अवरुद्व गरेका छन् ।
चन्द्रौटा नगरपविकास समितिका अध्यक्ष हरिप्रसाद पोखरेलले आइतबार साँझ ७–८ जनाको समुहमा आएका सशस्त्र प्रहरीका जवानले ति अपांग महिलामाथि सामुहिक बलात्कार गरेको दाबी गर्दै दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले सडक अवरुद्व पारेको जानकारी दिए ।
उनका अनुसार आइतबार साँझ साँढे ६ बजेतिर सशस्त्र प्रहरी बल बिन्धयाबासिनी गणका जवानले बजार नजिकै भैंसी चराउन गएकी ति महिलामाथि बलात्कार गरेका हुन् ।
ति महिलालाई अहिले स्थानीय सञ्जिवनी सामुदायिक अस्पताल राखिएको छ भने उनको अवस्था सामान्य रहेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुमा सम्पर्क गर्दा आफूहरुलाई सुचना नआएको र चन्द्रौटामा बुझ्न आग्रह गरियो ।
इलाका प्रहरी कार्यालय चन्द्रौटाका इन्सपेक्टर राजकुमार सिलवालले नौलियामा भैसी चराउने गएकी ति अपांग महिलामाथि बलात्कार भएको सुचना पाएपछि आफूहरु घटनास्थल जान थालेको बताए ।
उनले घटनामा संलग्न एक जनाको पहिचान भइसहेको जानकारी दिँदै केहिबेरमा थप विवरण आउने बताए । उनले घटनामा सशस्त्रका प्रहरी बलका जवान मुछिएको आफूहरुलाई सूचना आइरहेको र सत्यतथ्य बुझ्ने क्रममा रहेको बताए ।
घटनाबारे सशस्त्र प्रहरी बलको तर्फबाट प्रतिक्रिया आउन बाँकी छ ।रातोपाटीबाट
0 comments
प्रतिक्रिया दिनुहोस्...