-->
धुलिखेलमा पूर्वराजा ज्ञानेन्द्रको गम्भीर छलफल, दलका शीर्ष नेताहरु पनि पुगे

हिन्दू राष्ट्रका लागि पूर्वराजा शाहले अभियान चलाउने

gyanendra1

काठमाडौं, २२ जेठ । पछिल्लो समय निकै सक्रिय रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार दिनभरी काभ्रेको धुलिखेलमा राजसंस्था पुनर्स्थापनाका विषयमा गम्भीर छलफल गरेका छन् ।

पूर्वराजा शाहको छलफलमा सहभागी एक नेताका अनुसार धुलिखेलको हिमालयन रिसोर्टमा पूर्वराजा देशका केही शीर्ष नेताका प्रतिनिधिबीच छलफल भएको हो । छलफल अहिले पनि जारी रहेको छ ।

‘राजसंस्थालाई स्पेस (ठाउँ) दिन र हिन्दू राष्ट्र बनाउने विषयमा कांग्रेस, एमाले र एमाओवादी करिब करिब नजिक छन्’ स्रोतले भन्यो– ‘स्पेस दिने भनेको सेरेमोनियल राजा बनाउने हो । जसले संविधान मान्छ । संविधानको तल रहन्छ ।’

छलफलमा सहभागी ती नेताका अनुसार प्रमुख तीन दलको सहमतिमा हिन्दू राष्ट्र पनि बनाउने र जसको लागि पूर्वराजा शाहले देशैभरी अभियान चलाउने समझदारी भएको छ ।

यो सहमतिअनुसार अबको केही समयभित्रै देशमा राजसंस्था फर्किने र देश हिन्दू राष्ट्र बन्ने लगभग निश्चित भइसकेको ती नेताको दाबी छ ।

यसअघि पूर्वराजा शाहले भर्खरै मात्र नुवाकोटदेखि पूर्वी नेपालसम्मको भ्रमण गरेका थिए ।

यसअघि हिन्दू युवा संघ नेपालका अध्यक्ष विकास ठाकुरले पनि २०७३ सालको मध्य सम्म नेपाल हिन्दू राष्ट्र घोषणा भइसक्ने र राजा फर्किने दाबी गरेका थिए । जून अहिलेका क्रियाकलापसँग मेल खाइरहेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.