कपिलवस्तु, १२ असार । कपिलवस्तुको कृष्णनगरबाट चेलिबेटी बेचविखनमा विचौलिया गर्ने एक जना पक्राउ परेका छन । मानब बेचबिखन तथा ओसारपोसारबिरुद्ध क्रियाशिल संस्था के.आई नेपाल, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल राजश्व भन्सार सुरक्षा गुल्म कृष्णनगरको संयुक्त टोलीले एक जना बिचौलीयालाई सल्यान हिलोन्च १ बस्ने बर्ष ३६ का बेल बहादुर बि.कलाई नियन्त्रणमा लिएको छ ।बिभिन्न प्रलोभनमा पारी प्युठानकी २ जना महिलालाई सिमा कटाउदै गर्दा शंका लागी केआई नेपाल शसस्त्र प्रहरी र नेपाल प्रहरीको ड्युटी टोलीले संकास्पद देखेपछि सोधपुछ गर्दा निज बेल बहादुर बिशकर्मालाई नियन्त्रणमा लिएको थियो ।
बिचौलीयले एक हप्ता अगाडी पिडीत सिता संग चिनजान गरि समय समयमा रिचार्च गरिदिने काठमाण्डौ लगायत ३ ठाउँमा घर भएको र भारतमा आपःनै कम्पनी भएको भनी बिभिन्न किसीमबाट प्रलोभनमा पारिएको सोधपुछ र अनुसन्धानमा खुलेको ईलाका प्रहरी कार्यलयका प्रमुख सञ्जय रिजालले जानकारी दिएका छन् ।
रिजालका अनुसार मोटर साईकल प्रयोग गरि पटक पटक चेलीहरु ओसारपोसार गरिएको बुझिए पछि कानुनी प्रकृया अगाडी बढाइएको जानकारी दिए । चनैटाबाट एक–एक जना सिमासम्म मोटर साईकलमा ल्याउनु र सिमा मा कसैले सोधेमा श्रीमान बिमारी हुनुहुन्छ भनेर सिकाई निज बिचौलीय अर्को बाटो प्रयोग गरेर जान खोज्नु को नियत राम्रो नभएको के.आई नेपालका जिल्ला संयोजक केसर बिशकर्मा बताउँछन् ।
अर्की मुना नाम परिबर्तनलाई चनौटा बोलाई पुन मोटरसाइकलमा लिएर आउँदा सिमा निगरानी कडा देखेपछि निज पीडितलाई पैदल हिड्न लगाई पछी जाँदै गर्दा शसस्त्र प्रहरीले रोकेपछि निज बिचौलीय अर्को बाटो मोटर साईकल लिई भारत पुगेका थिए । नियन्त्रणमा लिएपछि तत्काल केआई नेपालले अनुसन्धान गरि गल्ती देखिएपछि नेपाल प्रहरीको सहयोगमा बिचौलीया लाई नियन्त्रण गर्ने प्रयास गरियो । बिचौलीय मोबाइल अफ गरि पहिले कटाई सकेकी सिता नाम परिबर्तनलाई बिभिन्न कुरा सिकाई छुटाउन पठाएको प्रहरीले जनाएको छ ।
दुबै जनालाई बिभिन्न प्रलोभनमा पारी लान खोजिएको देखिए पछि बिचौलीयलाई नियन्त्रमा लिन केहि कठिन भएको थियो । करिब रात को ११ बजे पुलीसले छोड्यो हामी बसपार्कमा छौ भनेपछि पुन लिन नेपाल आउदा बिचौलीय प्रहरीको नियन्त्रणमा परेको हो ।
नियन्त्रणमा लिएपछि कानुनी प्रकृया अगाडी बढाई मानब बेचबिखन तथा ओसार पोसारमा मुद्धा दर्ता गरिएको प्रहरि निरिक्षक सञ्जय रिजालले बताए । पीडितलाई हाल के.आई नेपालको आपतकालिन गृहमा राखीएको बताए ।(Light Nepal)


0 comments
प्रतिक्रिया दिनुहोस्...