-->
अम्बर गुरुङको अवस्था ‘गम्भीर तर स्थिर’।

नेपाली राष्ट्रिय गीतका संगीतकार अम्बर गुरुङको स्वास्थ्य अवस्था “गम्भीर तर स्थिर” रहेको उनको उपचार भइरहेको अस्पतालले जनाएको छ।

उनलाई ‘भेन्टिलेटर’ अर्थात कृत्रिम श्वासप्रश्वास गराउने यन्त्रमा राखिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको ग्रान्डी अस्पतालका एक अधिकारीले सोमबार दिउसो बीबीसीलाई बताए।

अन्न नलीमा ट्युमर भएपछि दुई महिनाअघि उनको भारतको हरियाणास्थित एक अस्पतालमा उपचार भएको थियो।

भर्ना

स्वास्थ्य लाभ गरेपछि उनी गत चैतमा काठमाण्डू फर्किएका थिए।

उनको स्वास्थ्य अवस्था बिग्रिन थालेपछि उनलाई गत सोमबार ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो।

ग्रान्डी अस्पतालका एक अधिकारीले सोमबार दिउसो बीबीसीसँग भने, “चिकित्सकहरुका अनुसार उनलाई दिइएको औषधिले काम गरिरहेको छ र अवस्था अहिले स्थिर छ।”


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.