-->
मार्क जुकरबर्गकै चारवटा एकाउन्ट ह्याक

न्यूयोर्क: विश्वको सबैभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकका सीईओ मार्क जुकरबर्गकै सामाजिक सञ्जालको एकाउन्ट ह्याकए भएको छ । 
 
गत सातामात्रै साउदी अरबमा रहेको ह्याकरहरुको समूह आवरमाइन टीमले जुकरबर्गको ट्विटर, इन्टाग्राम र पिनटेरेस्टको एकाउन्ट ह्याक गरिदिएको हो । 
 
ह्याकरहरुको समू्हले जुकरबर्गको लिङ्कडिइन एकाउन्टमार्फत उनका अन्या सामाजिक सञ्जालका एकाउन्ट ह्याक गर्न सफल भएको दाबी गरेका छन् ।
 
ह्याकरहरुले फेसबुकका सह-संस्थापकले आफ्नो लिङ्कडिइनको पासवर्ड dadada राखेका थिए । जुन सजिलै मिलाउन सकिने खालको थियो । 
 
यस ह्याकर समूहले ट्विटर ह्यान्डलमा मात्रै ४० हजार भन्दाबढी फलोअर रहेका छन् । 
 
यस समूहले मार्क जुकरबर्गको ट्विटर एकाउन्टबाट पनि ट्वीट गर्न सफल भएको थियो । तर पछि त्यसलाई यो समूहले डिलिट गरिदियो । 
 
यस समूहले जुकरबर्गको टि्वटर एकाउन्टमा लेखेकेो थियो, 'हे, मार्क हामीले तपाईंको एकाउन्ट ह्याक गरेका छौं ।'
 
'तपाईंको लिङ्कडिइनको पासवर्ड dadada हो, यो रहेको छ प्रमाण । हामीले यो कुरा तिम्रो सेक्युरिटी टेस्टिङ्गबाट लिएका हौं ।हामीसँग सम्पर्क गर ।'
 
समाचार अनुसार जुकरबर्ग यसै पासवर्ड (dadada) मार्फत अन्य सामाजिक सञ्जालको अन्य एकाउन्ट पनि चलाउने गर्थे । 
 
मार्क जुकरवर्गको लिङ्कडिइन एकाउन्ट ह्याक भएको थियो । त्यो बेला लिङ्कडिइनका लाखौं एकाउन्ट ह्याक भएका थिए । 
 
भेन्चर बीट वेबसाइटको एक रिपोर्टका अनुसार ह्याक गरिएका एकाउन्टमा मार्क जुकरबर्गको एकाउन्ट पनि सामेल थियो । 
 
ह्याकिङ भएपछि मार्क जुकरबर्गले उनको ट्विटर एकाउन्टबाट एउटा पनि ट्वीट गरेका छैनन् । 
 
लामो समयसम्म यो एकाउन्टलाई मार्क जुकरवर्गको नभइ नक्कली एकाउन्ट भनिएको थियो । किनकि यो एकाउन्ट भेरिफाइ भएको थिएन ।

तर सञ्चारमाध्यमहरुले यो एकाउन्ट मार्क जुकरबर्गकै भएको पुष्टि गरेका छन् । जुन एकाउन्ट अहिले उनी प्रयोग गर्दैनन् । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.