गत बिहीबार कार्टटरको पुरानो अफिसमा छापा मारेको फिफाको आन्तरिक छानविन समितिले त्यहाँ भएको आवश्यक कागजपत्र र इलेक्ट्रोनिक डाटा जफत गरेको छ। उनीहरुले सन् २०११ देखि २०१५ सम्म आपसी समझदारीमा गोप्य तरिकाका उक्त रकम बाँडेका थिए। फिफाको इथिक्स कमिटीले कमजोर व्यवस्थापन र रकममा अनियमितता गरेको भन्दै ब्लाटर र भाल्केलाई क्रमश ६ र १२ वर्षको प्रतिबन्ध लगाएको थियो।
तर उनीहरुले भने आफूहरुले गतल कार्य नगरेको बताउँदै आएका छन्। हालै जफत गरिएका आवश्यक कागजपत्र र इलेक्ट्रोनिक डाटालाई परिक्षण गरेर जारी अनुन्धानमा थप नयाँ तथ्य फेला पर्नेै स्विजरल्याण्डको महान्यायधिवक्ताको कार्यलयले जारी गरेको विज्ञप्तिमा भनिएको छ । यता ब्लाटरका वकिल रिचार्ड कोलेनले पूर्वअध्यक्ष ब्लाटरले विश्वमा हुने प्रमुख लिगलाई दिइने रमकमा कुनै अनियमितता नगरेको र सवै आर्थिक हिसाब निश्पक्ष रहेको बताएका छन्। एक अमेरिकी अनुसन्धानले सन् २०१५ मा फिफामा व्यापक अाियमितता भएको बताएपछि उनीहरु माथि अनुसन्धान सुरु गरिएको थियो।
0 comments
प्रतिक्रिया दिनुहोस्...