अमेरिकाको हुकुमत नचल्ने विश्वका ९ देश
उत्तर कोरिया
उत्तर कोरिया कहिल्यै पनि अमेरिकाको दबावमा आएको छैन। अमेरिकाको तमाम चेतावनी पश्चातपनि उत्तर कोरियाले हालै अन्तर महादेशीय ब्यालेस्टिक मिसाइल र मध्यम रेन्ज मिसाइल परिक्षण गर्यो। यसबाट प्रस्ट हुन्छ कि उत्तर कोरियाको कोरियाको प्रयास दब्नेवाला छैन। यसमा चीनको पनि उत्तरलाई सहयोग छ।
इरान
इरानले कयौ पटक अमेरिकाको कुरा नमानि उसको विरोध गरेको छ। अमेरिकाको तमाम कोशिश पश्चात पनि इरानले परमाणु सम्झौतामा हस्ताक्षर गरेको थिएन। करिब एक दशकको खिचातानी पश्चात यहि वर्ष इरानले यो सम्झौतामा हस्ताक्षर गर्यो। तर हालै बाहिर आएको एक रिपोर्ट अनुसार यो सम्झौतालाई लिएर इरान सरकाको नजर शंकामा छ।
ताजकिस्तान
ताजकिस्तान तत्कालिन सोभियत युनियनको सबैभन्दा गरिब देश हो। यसको रुससंग निकै बलियो सम्बन्ध छ। सुरक्षा सहयोगको लागि पनि यो रुसमाथी निर्भर छ। यहि कारणले पनि यो देशले अमेरिकासंग दुरी बनाएको छ।
अस्ट्रिया
मध्य यूरोपको हिस्सा हुनुको कारण अस्ट्रिया अमेरिकासंग बलियो सम्बन्ध राख्नेमा विश्वास गर्दैन। यसको अर्को ठुलो कारण इरान र उत्तर कोरिया पनि हो। यी देशको साथ अस्ट्रियाको बलियो व्यापारिक सम्बन्ध पनि छ। यो कुरा अमेरिकालाई भने पच्दैन। अस्ट्रिया हिटलरको जन्म स्थान पनि हो जसमाथी अमेरिका, फ्रान्स र ब्रिटेनको निकै घृणा समेत थियो।
लेबनान
५४ प्रतिशत मुस्लिम र ४१ प्रतिशत क्रिश्चियन समुदाय भएको यो देशले अमेरिकासंग कहिल्यै पनि नजिकको सम्बन्ध राखेन।
अमेरिकाले लेबनानलाई लिएर केही काम पनि सुरु गर्यो, नीति बनायो, तर यहाँका मानिसले ती नीति पाखा लगाइदिए। लेबनानका नागरिक विश्वास गर्छन् कि अमेरिकाको भावना लेबनान विरोधी छ।
बेलारुस
पूर्व सोभियत यूनियनको हिस्सा रहेको यो देश अमेरिका विरोधी रहेको छ। यसको एक ठुलो कारण युक्रेनलाई अमेरिकाको सहयोग हो। रुसले क्रिमियालाई आफ्नो अधिनमा लिए पश्चात अमेरिकाले बेलारुसको सट्टा यूक्रेनलाई सहयोग गरेको थियो। आर्थिक रुपमा संघर्ष गरिरहेका यो देशका नागरिक शीतयुद्धको लागि अमेरिका जिम्मेदार भएको ठान्छन्।
रुस
शीतयुद्धकै बेलाको दुश्मनी रुस र अमेरिका बीच अझै कायम नै छ। अमेरिका कुनै न कुनै बहाना रुसको आन्तरिक मामलामा दख्खल दिने गर्छ। जसको कारण यी दुई देशको सम्बन्ध बिग्रदो छ। रुसमा नागरिक आफ्नो देशको विकासमा सबैभन्दा ठुलो बाधक अमेरिका नै भएको ठान्छन्।
जोर्डन
अमेरिकासंग अर्बौ रुपैया सहयोग लिएपश्चात पनि यो देशमा मानिस अमेरिकासंगको सम्बन्धमा विश्वास गर्दैनन्। यसको ठुलो कारण हो अमेरिकाको इजरायललाई सहयोग। अल अक्स मस्जिदलाई लिएर जोर्डन र इजरायल बिच विवाद छ। इजरायलको छिमेकी देश भएकै कारण जोर्डनलाई निकै कुरा झेल्नु परेको छ। यो देशका मानिस आफ्नो हालतको लागि अमेरिकालाई जिम्मेदार ठहर्याउँछन्।
चीन
चीन जब मौका मिल्छ अमेरिकासंग आंखा जुधाइहाल्छ। दुवै विश्वलाई आफ्नो सैन्य शक्ति र आर्थक ताकतबाट प्रभावित पार्न हरसम्भव कोसिस गर्छन्। दक्षिण चीन सागरलाई लिएर अहिले चीन र अमेरिका बिच निकै चर्चो विवाद खडा भएको छ।
0 comments
प्रतिक्रिया दिनुहोस्...