काठमाडौं, जेठ ३१ । एक दशकयता मुलुकमा कुखुराको मासु र अन्डा उपभोग ह्वात्तै बढेको छ । यससँगै व्यावसायिक प्रयोजनले कुखुरा पालन गर्ने क्रम पनि तीब्र छ ।
यी सबै फार्ममा गरी कति कुखुरा होलान् ? तिनले वर्षमा कति चल्ला र अन्डा उत्पादन गर्लान् ? सायदै कसैलाई थाहा थियो । व्यावसायिक कुखुरापालनसँग जोडिएका यी र अन्य थुप्रै प्रश्नको उत्तर अब भने सहजै भेटिने भएको छ । केन्द्रीय तथ्यांक विभागले पहिलो पटक देशभरका फार्ममा कुखुरा र अन्डा गणना गरेको हो ।
विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार एक वर्षमा देशभर ६ करोड ८ लाख २६ हजार ८ सय ८० वटा कुखुरा व्यावसायिक प्रयोजनले पालिएका छन् ।
आर्थिक वर्ष ०७१/७२ मा गरिएको गणनाले एक वर्षमा १ अर्ब २० करोड २१ लाख ६६ हजार वटा अन्डा उत्पादन हुने औंल्याएको छ ।
हरेक दश वर्षमा जनगणना गर्दै आएको विभागले पहिलो पटक व्यावसायिक कुखुरा पालन हुने मुलुकका ६४ जिल्लामा कुखुरा र अन्डा गणना गरेको हो ।
संघीय संरचनाअनुसार सबैभन्दा बढी कुखुरापालन प्रदेश नं. ३ मा हुन्छ । प्रदेश नं. ६ मा सबैभन्दा कम ।
जिल्लाका आधारमा सबैभन्दा धेरै कुखुरा पाल्नेमा चितवन अगाडि छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...