भारतलाई ठुलो अन्तर्राष्ट्रिय झट्काः क्षण भरमै हार्यो अरबौंको मुद्दा
काठमाडौं । अन्तर्राष्ट्रिय अदालतमा भारतलाई ठूलो झट्का लागेको छ । भारतले यहाँ दुई स्याटेल्याट तथा स्पेक्ट्रम डिल सम्बन्धि ठूलो मुद्धा हारेपछि उसलाई झट्का लागेको भारतीय मिडियाले जनाएका छन् । यसका साथै अन्तर्राष्ट्रिय मध्यस्थताको विषयमा पराजित हुनु भारतका लागि महंगो सावित भएको छ ।
अन्तर्राष्ट्रिय अदालतमा दुईवटै मुद्दा हारेपछि भारतले ६७ अरब रुपैयाँ गुमाएको छ । नरेन्द्र मोदीले नेतृत्व गरेपछि भारतले पहिलोपटक यति धेरै पैसाको नोक्सानी भोग्नुपरेको छ ।
यति मात्र होइन अब अन्तर्राष्ट्रिय लगानीकर्ताको नजरमा भारतको छवि समेत धमेलिन सक्ने आशंका व्यक्त गरिएको छ । देवास मल्टिमिडियाले दायर गरेको मुद्धामाथि सुनुवाइ गर्दै हेग स्थित इन्टरेनशनल ट्राइब्युनलले भारत सरकारविरुद्ध फैसला सुनाएको हो ।
इण्डियन स्पेस एण्ड रिसर्च अर्गनाइजेशन इसरोले कमर्शियल आर्म एङ्गट्रिक्सले सन् २००५ मा कन्याट्र्याक्टको फैसला भएको थियो । यो सरकारी संस्था हो । डिल अनुसार यो संस्थाले अन्तराष्ट्रिय लगानीकर्तालाई सम्झौता भंग गरेर ठूलो नोकसानी गराएको आरोप लागेको थियो । अदालतले उक्त आरोपलाई सही ठहर गरेको छ ।
Purbeli News बाट
0 comments
प्रतिक्रिया दिनुहोस्...