-->
पर्वतबेनीमा गएको पहिरोमा पुरिएर एकको मृत्यु ,आठ घाईते ।

अमर खत्री , पर्वत,१२ साउन २०७३ ।  मध्यरातमा पवर्तबेनीमा गएको पहिरोमा पुरिएर एकको मृत्यु भएको छ । पर्वत माझफाँट–३ स्थित मल्लाज जाने पदमार्गको प्रवेशद्धार नजिक रहेको धौलागिरि कपास उद्योग माथिको ढिस्को खस्दा पुरिएर  नुवाकोट जिल्ला देउराली गाविस–२ की ११ बर्षिया अंकिता तामाङको मृत्यु भएको होे ।

मध्यरातमा सुतिरहेको अवस्थामा एक्कासी पहिरो खसेपछि भागाभाग गर्ने क्रममा चोट लागेको थियो । धौलागिरि कपास उद्योगकाम मजदुर सहित बसोबास गर्ने सबै पहिरोमा परेका थिए ।

पहिरोले नुवाकोटकै देउराली गाविस– २ की १२ बर्षिया सृष्टि घले, १२ बर्षका अजय तामाङ, ३२ बर्षिया फुलमायाँ तामाङ, २८ बर्षिया सविना घले,३ बर्षका विजय घले,नुवाकोट विदुर–१० का प्रेम तामाङ ३५ बर्षिय सुवास थापा, त्रिशुली ढोरेनी नगरपालिका–१० की १६ बर्षिया सुस्मिता तामाङ घाईते भएका छन् ।

दीबहिनीले सञ्चालन गरेको उद्योगका सबै औजार समेत पहिरोले क्षती पुगेको थियो । मध्यरातमा खसेको पहिरोले चोट लागेपछि उपचारका लागि पोखरा लैजादै गरेको अवस्थामा बाटोमै मृत्यु भएको पर्वत प्रहरी चौकी प्रमुख एवम् प्रहरी सहायक निरिक्षक धुव्र बहादुर बोहोराले  बताए । पर्वतको मल्लाज जोड्ने पक्की पदमार्ग नजिकै रहेको ढिस्कोसंगै खसेको रुखले चोट लागेको घाईतेले बताएका छन् ।

पहिरोले क्षती पुगेका उद्योग सहित घाईतेको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासनी, प्रहरी नायव उपरिक्षक गंगा पन्त, स्थानीय विकास अधिकारी यूवराज पौडेल लगाएतको टोली समेत घटनास्थलमा पुगेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.