काठमाडौं, १३ साउन । भारतले केपी ओली नेतृत्वको सरकार बहिर्गमन र नयाँ सरकार गठनलाई नेपालको नितान्त आन्तरिक मामिला भन्दै त्यस विषयमा कुनै प्रतिक्रिया नजनाउने बताएको छ ।
विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले नेपालको आन्तरिक मामिला भन्दै यसमा भारतले कुनै पनि कमेन्ट नगर्ने बताए ।
यसअघि चीनले नेपालको राजनीतिक घटनाक्रमलाई नेपालको आन्तरिक मामिला भनेको थियो । त्यसको भोलिपल्ट भारतले पनि त्यही खालको प्रतिक्रिया दिँदै नेपालको राजनीतिक घटनाक्रमबारे बोल्न अस्विकार गरेको हो ।
नेपालमा ओली सरकार गएपछि भारत खुसी छ भन्ने चर्चा छ नी भन्ने प्रश्नमा स्वरुपले भने ‘भारत सरकार खुसी र दुखी दुबै छैन।’ उनी अघि भन्छन् ‘जहाँसम्म नेपालको पछिल्लो राजनीतिक विकास छ त्यसलाई हामीले नितान्त आन्तरिक मामिलामा रुपमा लिएका छौ त्यसलै यस विषयमा म कमेन्ट गर्दिनँ ।’
उनले कुनै पनि कुनै पनि देशमा आउने राजनीतिक नेतृत्वसँग काम गर्ने सरकारको जिम्मेवारी रहेको समेत बताए । यस अगाडि भारतीय मिडियाहरुले आफ्नो समाचार तथा सम्पादकीय मार्फत ओली सरकारको बहिर्गमनप्रति भारत सरकार खुसी भएको समाचार सम्प्रेषण गरेका थिए ।
तर उनले भने भारतीय सञ्चारमाध्यमले भने जस्तो खुसी हुनुपर्ने कारण नभएको बताए । उनीहरु नेपाली कांग्रेस र माओवादीबीचको सहकार्य कसरी अगाडि जान्छ भन्ने विषय स्पष्ट नभएकोले यसै भन्न नसकिने बताउँछन् ।
0 comments
प्रतिक्रिया दिनुहोस्...