२५ बर्षिय लिला कुमारी वलीको छिमेकीले तातोपानी खन्याएर हत्या गर्ने प्रयास
२८ साउन | नेपालगंन्ज, उपमहानगरपालीका १६ कोरियनपुर निवासी २५ बर्षिय लिला कुमारी वली को शरीरमा छिमेकी ४५ बर्षिया तबसुम निसाको परिवारले तातो पानी खन्याएर मार्ने प्रयास गरिएको हो । सामान्य बिबादको बिषयलाई लिएर तबसुम र उनकी छोरीले वलीको शरीरमा तातो पानी खन्याएका थिए ।
उनको नेपालगंन्ज स्थित भेरी अन्चल अस्पतालमा उपचार भईरहेको छ । तातो पानीले उनको शरीरको २५ प्रतिशत भाग जलेको प्रेहरीले बताएको छ । प्रत्यक्ष र्दिर्शका अनुसार तबसुमको परिवारबिच पटक पटक बिबाद हुदै आएको थियो । घटनामा संगग्न भएको आरोपमा ४५ बर्षिया तबसुम निसालाई तत्कालै प्रहरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय बाँकेका प्रमुख उप्रिक्ष टेक प्रसाद राईले जानकारी दिनु भयो । घटनामा अन्य ब्यक्तिको पनि संलग्नता हुन सक्ने भन्दै अनुसन्धान प्रक्रिया अगाडी बढाइएको बताए ।साभार : लाइटनेपाल
0 comments
प्रतिक्रिया दिनुहोस्...