-->
प्रचण्ड सरकारको दुई निर्णय, जसले छायो परदेशीको मनमा खुशी

२९ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेको दुई निर्णयले खाडी मुलुकमा रहेका नेपालीहरुको मनमा खुशी छाएको छ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड सरकारले विदेशमा रहेका नेपाली युवाहरुलाई लक्षित गरी गरेको दुई निर्णयले त्यहाँका नेपालीको मनमा खुशी छाएको हो। हेरौँ प्रचण्डका दुई निर्णय।

१. अलपत्र युवाको उद्धार
केही दिनअघि प्रचण्ड नेतृत्वको सरकारले साउदी अरब, श्रीलंका लगायतका विदेशी मुलुकमा अलपत्र परेका युवाहरुको तत्काल उद्धार तथा रोजगारीको व्यवस्थापन गर्न निर्देशन दियो। प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएको एकसाताभित्र कतिपय नेपालमा फर्किसकेका छन् भने कतिपय सम्बन्धित देशमा रोजगारीमा छन्। उनको सो निर्णयपछि विदेशमा रहेका नेपालीहरुले प्रचण्डलाई अभिभावक मानेको साउदरी अरबमा रहेका चन्द्र तामाङले बताए।

२. जेल जीवत बिताएकालाई रिहाई
प्रधानमन्त्रीलाई परराष्ट्र सचिव सुमन बैरागीलाई बालुवाटारमा बोलाई शुक्रबार खाडीका जेलमा रहेका नेपालीको ठोस तथ्याङक उपलब्ध गराउन निर्देशन दिए। त्यसका साथै साउदीमा जेल जीवन बिताइरहेका काभ्रे कुशादेवीका रामचन्द्र तिमल्सिनालाई सरकारले बचाउने अर्थात रिहाई गर्ने उद्घोष गरे। प्रधानमन्त्रीको उक्त निर्देशनपछि खाडीका जेलमा रहेका नेपालीले प्रचण्डलाई अभिभावक ठानेको बताउँछन्, साउदीका जेलमा रहेका गोरखाका प्रदिप श्रेष्ठ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.