कुवेत – कुवेतमा मानसिक सन्तुलन गुमाई अचेत अवस्थामा कुवेतको अलसभा अस्पतालमा उपचार गराईरहेकी अनिशा बिक अर्को हप्ता नेपाल फर्कने भएकी छिन् ।
नेपाली दुताबासका राजदुत यज बहादुर हमाललगायत दुताबासको अथाह प्रयास पश्चात उनी करिब ८ बर्षपछि नेपाल फर्कन लागेकी हुन् ।रातोपाटीमा समाचार छ ।
भारतीय बाटो हुँदै करिब ८ बर्ष पहिले घरेलु कामदारका रुपमा कुवेत आइ केहि बर्षदेखि घरबाट भागी इलिगल भै बाहिर बस्दै आएकी उनी करिब २ बर्षदेखि मानसिक सन्तुलन गुमाई अस्पतालमा उपचार गराईरहेकी थिइन् ।
स्पोन्सर साउदी नागरिक भएको र स्पोन्सरले चोरीको केस हालिदिएको हुनाले स्पोन्सरले केश फिर्ता नलिएपछि उनको नेपाल फर्कने सम्भावना कम भएको थियो । स्पोन्सर कुवेतमा भाडामा बस्ने भएकाले स्पोन्सर मुलुक फर्किएको हुनाले पटक-पटक सम्पर्क गर्न खोज्दा स्पोन्सर सम्पर्कमा नआएको हुनाले उनको केस यथावत रहेको थियो ।
मानसिक सन्तुलन गुमाएकी हुनाले केश मिलाई यथाशीघ्र मुलुक फर्कने वातावरण मिलाईदिन इन्भेष्टिकेसन डिपार्टमेन्टलाई पत्र पठाई अस्पताल, पुलिस स्टेशन र सम्बन्धित निकायलाई दुताबासले बारम्बार ध्यानाकर्षण गराउँदा पनि स्पोन्सर सम्पर्कमा आई केश फिर्ता लिनुपर्ने बताएपछि उनको उद्दारमा कठिनाइ भएको राजदुत यज बहादुर हमालले बताए ।
उनको उद्दारमा कुनै कसर बाँकी नराखी छिटोभन्दा छिटो नेपाल फर्काउन राजदुतसहित दुताबासको प्रयासमा सरकारी उच्च निकायबाट पहल गरि उनको केश हाल डिसमिस बनाइएको छ । उनको अत्यन्तै कठिन ढंगले उनको उद्दार गर्न सकिएको दुताबासले जनाएको छ ।
परिवारले आशा मारेकी २५ वर्षीया अनिसा नेपाल फर्कने कुराले परिवारमा खुसियाली छाएको छ । छोरी आउने आशमा आमा सर्किनी बिक र बाबू टाउके कामी काठमाडौं आउने भएका छन् भने बहिनि सर्मिला दिदी आउने दिन गनेर बसेकी छिन् ।
अनिसाको उद्दारमा पहल गर्ने नेपाली दुताबास कुवेत, एनआरएनए कुवेत, दलित एकता संजाल कुवेत, कुवेतका सम्पूर्ण मिडिया, पत्रकार लगायत सम्पूर्ण पहल कर्तालाई अनिसाको परिवारले धन्यवाद दिएको छ ।
सहकर्मीको मानसिक तथा शारीरिक यातना सहन नसकी बिष सेवन गरेकी अनिशालाई अचेत अवस्थामा करिब २ बर्ष पहिले अस्पतालमा भर्ना गरिएको थियो । अनिसा र उनको साथमा जाने नेपाली महिलाको टिकटसहित जाने खर्च दुताबासले व्यहोरेको छ ।
स्मरण रहोस् करिब ३ बर्षदेखि परिवारसँग सम्पर्कबिहिन बनेकी अनिसाको बारेमा रातोपाटीमा समाचार संप्रेषण भए पश्चात उनका परिवार सम्पर्कमा आएका थिए ।
0 comments
प्रतिक्रिया दिनुहोस्...