-->
अन्तिम बलमा धोनी आउट, भारतको सपना चकनाचुर

भदौ १२ – विश्व विजेता वेष्ट इन्डिजसँगको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा भारत एक रनले हारेको छ । अमेरिकाको फ्लोरिडामा शनिबार राति भएको खेलमा भारत अन्तिम समयमा चुक्दा वेष्ट इन्डिजसँग एक रनले हार्यो । 
वेष्ट इन्डिजले प्रस्तुत गरेको दुई सय ४६ रनको लक्ष्य पछ्याएको भारतले पूरै ओभर खेल्दै चार विकेटको क्षतिमा दुई सय ४४ रन मात्र बनाउन सक्यो । 
भारतका लोकेश साहुलले नटआउट एक सय १०, रोहित शर्माले ६२, कप्तान महेन्द्र सिंह धोनीले ४३ तथा विराट कोहलीले १६ रन बनाए पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन् । 
वेष्ट इन्डिजका डवेन ब्रावोले दुई विकेट लिए । अन्तिम ओभरमा जितका लागि ८ रन चाहिएको अवस्थामा भारतले ६ रन मात्रै बनायो । १९ ओभरमा तीन विकेटको क्षतिमा दुई सय ३८ रन बनाएको भारतका लागि अन्तिम ओभरको पहिलो बलमा कप्तान धोनीले एक रन बनाए । दोस्रो बलमा पनि एक रन तथा तेस्रो बलमा राहुलले पनि एक रन बनाए । चौथो बलमा धोनीले दुई रन लिए । 
एक बल बाँकी हुँदा भारतलाई जितका लागि दुई रन मात्रै चाहिएको थियो । ब्याटिङ गर्न कप्तान धोनी आए । तर उनलाई ब्रावोले आउट गराए । 
भारत ट्वेन्टी–ट्वेनटी विश्व च्याम्पियन वेष्ट इन्जिडसँग एक रनले हार्यो । यसअघि पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले ६ विकेटको क्षतिमा दुई सय ४५ रन बनायो ।
वेष्ट इन्डिजका इविन लुइसले एक सय तथा जोनसन चालेसले ७९ रन बनाए । भारतका जसप्रित बुमराह र रविन्द्र जडेजाले दुई दुई विकेट लिए । दोस्रो ट्वेन्टी–ट्वेन्टी आइतबार हुनेछ । 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.