हाकिमहरुले नै नालीमा पसेर फोहोर झिक्न थालेपछि बजारको मुहार फेरियो
फिदिम नगरपालिकासँगको सहकार्यमा पाँचथर प्रहरीले शुरु गरेको फिदिम नगर सरसफाई अभियान शनिवार चौविसौं हप्तामा प्रबेश गरेको छ ।
यस सन्दर्भमा प्रहरी प्रमूख (एसपी ) कृष्णप्रसाद कोइराला,फिदिम नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राई सँगै स्थानीय र प्रहरीले बजारको लखन मार्ग क्षेत्रमा सरसफाई गरेका छन । प्रहरी र नगरपालिकाको समन्वयमा शुरु भएको सरसफाई अभियान अन्तरगत कार्यालय प्रमूखरु स्थानीय र प्रहरीका साथ लागेर स्वयम नाली सरसफाईमा सहभागी हुने गरेका छन ।
परिणाम स्वरुप फिदिम नगर क्षेत्रले मुहार फेर्न थालेको स्थानीयको टिप्पणी छ । गत फागुन १५ गते शुरु भएको अभियान शनिवार हाटवाट शुरु भएको थियो ।फिदिम नगर भित्रका सबै क्षेत्रलाई मा पालै पालो छनौट गरी स्थानीलाई सहभागी गराई सर सफाई अभियान चलाउने गरिएको छ । अभियानमा स्थानीयले सकृयता पुर्वक सहयोग गर्दै आएको पाँचथर प्रहरीले जनाएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...