काठमाडौं, ३० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले दमन गरेको छ ।
भ्रष्टाचारीमाथि कारबाहीको माग गर्दै टंगालमा भएको युवाहरुको प्रदर्शनमा हस्तक्षेप गरी प्रहरीले दमन गरेको छ । प्रदर्शनमा उत्रिएका युवाहरु मध्ये ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भ्रष्टाचार रोक्ने सपथ खाएको सर्वोच्च निकायका प्रमुखको सम्पत्ति विवरण तीन वर्षसम्म पनि सार्वजनिक नगरिएको भन्दै युवाहरुले आइतबार टंगालमा प्रदर्शन गरेका थिए । प्रहरीले युवाहरुलाई लछारपछार गर्दै भ्यान भित्र कोच्न खोज्दा युवाहरु प्रतिवाद गर्न खोजेका थिए ।
भ्रष्टाचार रोक्ने सपथ खाएको सर्वोच्च निकायको प्रमुखको सम्पति विवरण किन ३ बर्ष सम्म पनि गायव राखेको भनि कानुन अनुसार सुचनाको हक माग्न जाँदा थुन्ने काम भएको विवेकशील नेपाली पार्टीका अध्यक्ष उज्वल थापाले बताए ।
1 comments
प्रतिक्रिया दिनुहोस्...
August 14, 2016 at 10:24 AM
कुनै पनि मंत्री वा सरकारी कर्मचारी को सम्पति विवरण राज्य ले तोकेको निकाय ले माग्ने हो / न की बाटो बटुवा ले मांग्यो भने पागल भन्छन / तेसैगरि राजनैतिक वा एनजीओको अभियंता ले मांग्यो भने राजनीति गर्यो भन्छन / नेपाल मा जो सुकै ले जे पानी मैग राखेर प्रदर्शन गर्नु भनेको देशमा आ व्यवस्था सुरु भयो भनेर आम नागरिक ले बुझ्न जरुरी छ /