-->
चिनिया राष्ट्रपति नेपाल नआउदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने तयारी ,चिनिया प्रभाव दबाउने यसरि हुदैछा तयारि !

३०,साउन,काठमाडौं । नेपाल–भारत सम्बन्ध अपेक्षित रुपमा सुधार नभएको चर्चा चलिरहेको बेला एकपटक भारतीय प्रधानमन्त्री फेरि नेपाल आउने भएका छन् । न्युजसेवा डट कममा खबर छ 

छिमेकीसंगको सम्बन्धमा चिसोपना वढेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नो कार्यकालमा तेश्रो पटक नेपाल आउन लागेको उच्च स्रोतले न्यूजसेवालाई बताएको छ ।  नेपालमा पछिल्लो चिनिया गतिविधि बढेको भन्दै चिन्तीत बनेको अर्काे छिमेकी देश भारत पनि आफनो पकड बनाउन हर सम्भव प्रयास गरी रहेको छ ।

दुवै ठुलो छिमेकी देशको आ–आफनो किसिमको सम्बन्ध नेपालसँग रहे पछि दुवैले पछिल्लोे समय नेपाललाई बढी नै प्राथमिकतामा राखेको स्पष्ट देखिन्छ । ओली सरकारको समयमा नेपालमा भारतको प्रभाव कमजोर भएको भारतले निष्कर्ष समेत निकालीसकेको छ । ओली सरकार भारत भन्दा बढी चीन सँग नजिकिएपछि भारतको सो विश्लेषण पुष्टी नै भएको छ । चीनले नेपाललाई दिने सहयोग राशी बृद्धि गर्ने देखि पछिल्लो समय चिनिया उच्च अधिकारीहरुको नेपाल भ्रमण मात्र नभई चीनले नेपालमा रेल सेवा विस्तार गर्ने लगायतका ठुला योजनामा हात हालेर भारतलाई टक्कर दिने योजनामा रहेको श्रोतको भनाई छ ।

ओली सरकारको समयमा नै चीनिया राष्ट्रपति सि जिङ्गपिङ्ग नेपाल भ्रमण गर्ने चर्चा चलेको थियो । चिनिया राष्ट्रपतिको नेपाल भ्रमण ताका ठुलो सहयोग राशी घोषणा गर्ने समेत तयारी भएको श्रोतको दावि छ । चीनिया राष्ट्रपतिको नेपाल भ्रमण लगभग पक्का पक्की भएको अवस्थामा भर्खरै सरकारले आफ्ना दुई उपप्रमहरुलाई दुई छिमेकी देशमा प्रधानमन्त्रीको विशेष दुतको रुपमा पठाएर सम्बन्ध सन्तुलन मिलाउन खोजेको हो । नेपाल सरकारका उपप्रम काँग्रेस नेता विमलेन्द्र निधि भारत भ्रमणको समयमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी मात्र नभई धेरै समय पछि भारतीय राष्ट्रपतिलाई नेपाल ल्याउने चाँजोपाँजोमा लाग्ने दिल्ली श्रोतको बुझाई छ ।

मोदिको छिमेकी नीति अनुसार प्राथमिकतामा नेपाल रहेको दिल्ली श्रोतले बतायो ।  भारतले संविधान घोषणा भएपछि संविधानमा रहेका सानोतिनो त्रुटीलाई सच्चाएर सबै वर्ग समुदायलाई समेटेर लैजान बारम्बार आग्रह गर्दा पनि दलहरु बीच दुरी बढेको अवस्थामा वर्तमान प्रचण्ड सरकारले ओली सरकारले गर्न नसकेको सो कार्य गर्ने विश्वास समेत गरेको छ ।  भारत अबको १८ महिनामा नेपालमा संविधान संसोधन गरी मधेशी आदिवासी जनजाती लगायतको समस्या र तीन तहको निर्वाचन गराउन वर्तमान सरकारलाई पुर्ण सहयोग गर्न तयार रहेको भारतीय उच्च स्रोतले बतायो । त्यसको लागि वातावरण बनाउने जिम्मा दलहरुको भएको उनीको विश्लेषण रहेको छ ।

स्रोतका अनुसार बिना योजना भारतीय राष्ट्रपतिको नेपाल भ्रमण अगाडि वा केहि समय पछाडि तर चीनिया राष्ट्रपति नेपाल भ्रमणमा आउनु भन्दा पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले अचानक बिना योजना नेपालको एक दिने भ्रमण गर्ने दिल्लीमा आन्तरिक तयारी चली रहेको स्रोतले बतायो । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको समयमा ठुलो राशीको सहयोग घोषणा गर्ने समेत तयारी गरेको उनको भनाई छ । यद्यपी यसलाई भारतीय अधिकारीहरुले यसको पुष्टि गरेका छैनन् । चिनिया राष्ट्रपतिको नेपाल भ्रमण हुनु अर्थपूर्ण मानिए पछि त्यसलाई टक्कर दिनका लागि भारतीय राष्ट्रपति र प्रधानमन्त्रीको नेपाल भ्रमण हुने सम्भावना प्रवल रहेको दिल्लीका अधिकारीहरु सँग कुराकानी गर्दा स्पष्ट संकेतहरु देखा परेको छ –


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.