हिन्दु धर्मका अनुसार रावण एक खलनायकका रुपमा चिनिन्छन् । रावणले अर्काकी पत्नीलाई अपहरण गरेर बन्दी बनाउने जस्तो भूल गरेका थिए । धेरैले रावणका अवगुणका बारेमा मात्र चर्चा गर्छन र उनका गुणहरुको बारेमा चर्चा हुँदैनन । तर, रावण एक महापण्डित थिए । उनको समयमा सारा जगतमा रावण जत्तिकै ज्ञानी कोही थिएनन । भलै यो कुरा धेरै कमैलाई मात्र थाहा थियो । रावणको तपस्यामा बहुतै शक्ति थियो । रावणले आफ्नो कर्तव्य निष्ठापूर्वक पालना गर्दथे । रावणले जीवनमा एकमात्र सीताहरण जस्तो नराम्रो काम गरे र उनको अन्त्य भयो । तर, स्वंय भगवान रामसमेत रावणको ज्ञानदेखि प्रभावित थिए । जब राम र रावणबीच युद्ध भयो र रावणको हार भयो । रावण भूँइमा पछारिएर जीवनको अन्तिम स्वास फेरिरहेका थिए ।
त्यसबेला भगवान रामले भाई लक्ष्मणलाई रावणसँग गएर सफल जीवनका लागि अनमोल मन्त्रहरु सिकेर आउन भने । लक्ष्मणले सन्देह माने पनि दाईको आदेश सिरोपार गर्दै रावणको साथमा गए । रावणले लक्ष्मणलाई सफल जीवनका लागि ३ वटा सुत्र बताएका थिए ।
रावणले लक्ष्मणलाई बताएका सफल जीवनका लागि सफलताका ३ सुत्र
पहिलो सुत्र : रावणले लक्ष्मणलाई पहिलो सुत्रका रुपमा यो बताए ‘शुभस्य शीघ्रम’ । यसको अर्थ हुन्छ शुभ काम जति सक्दो छिटो गनुपर्छ र अशुभ काम जतिसक्दो टाल्दै लानुपर्छ । रावणले भनेका थिए ‘मैले श्रीरामलाई चिन्न सकिन र उनको शरणमा आउन ढिला गरे । यसैले मेरो यस्तो हालत भयो ।
दोश्रो सुत्र : रावणले भने कुनै पनि कुरालाई तुच्छ र कमजोर नसम्झनु । रावणले लक्ष्मणलाई भने । जब मैले बम्हबाट अमरत्वको बरदान मागे । त्यतिबेला मैले भने कि मानिस र बाँदर बाहेक मलाई कसैले मार्न नसकोस । तर, आज मैले कमजोर र तुच्छ सम्झेको बाँदरले मेरो सारा सेना नष्ट गरिदियो र मेरो यो हालत भयो ।’
तेश्रो सुत्र : रावणले लक्ष्मणलाई तेश्रो अर्थात अन्तिम सुत्र यो बताए कि आफ्नो जीवनको केही गोप्यता छ भने त्यो कसैलाई कहिल्यै नबताउनु । रावणले भने ‘यहाँ पनि मेरो यो भूल भयो कि, विभिषण मेरो मृत्युको गोप्यता जान्दथ्यो । यदि यो कुरा उसलाई थाह नभएको भए मेरो यो हालत हुने थिएन ।
0 comments
प्रतिक्रिया दिनुहोस्...