-->
निमानुरु शेर्पालाइ इटालियन सरकारद्वारा ‘स्टार अफ इटाली’ अवार्ड प्रदान

इटलियन सरकारले नेपालका निमानुरु शेर्पालाई सम्मान गरेको छ । मङ्गलवार काठमाडौँमा आयोजित एक समारोहमा इटलीका महाबाणिज्यदुत डामिआनो फ्रान्कोभिघले शेर्पालाई सम्मान प्रदान गरे। उनलाई इटालीका राष्ट्रपतिद्वारा हस्ताक्षेरित ‘नाइट अफ द अर्डर अफ द स्टार अफ इटाली’ अवार्ड प्रदान गरिएको हो ।

नेपाल वायु सेवा निगम सञ्चालक समितिका सदस्य निमानुरु शेर्पाले इटाली र नेपालको सम्बन्ध स्थापनामा उल्लेखनीय योगदान गरेका कारण इटलियन सरकारले उनलाई सम्मान गरेको जनाएको छ । चो यु ट्रेकिङका प्रबन्ध निर्देशक समेत रहेका शेर्पा विगत २ दशकदेखि पर्वतीय पर्यटनमा क्रियाशील छन् ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.