सलमानले प्रेमीका बोकेरै दलाई लामा भेट्न जानुलाई किन अर्थपूर्ण रुपमा हेरियो ?
एजेन्सी । चलचित्र टयूबलाइट छायांकनका क्रममा लद्दाखमा रहेका बलिउड चर्चित अभिनेता सलमान खानले बौद्ध धर्म गुरु दलाई लामासँग भेटवार्ता गरेका छन् ।
चलचित्र छायांकनकै क्रममा एकाएक प्रेमीका लुलियासँग दलाई लामालाई भेट्न पुगेका सलमानले भेटघाट व्यक्तिगत भएको बताएको भारतीय मिडियाले जनाएको छ ।
भारतीय मिडियाका अनुसार यसरी सलमान र लूलियाले दलाई लामालाई भेट्नु अर्थपुर्ण मानिएको छ ।
स्रोतका अनुसार दलाई लामा रहेको स्थान र प्रेमीका पनि चलचित्र छायांकनकै क्रममा एकसाथ भएको अवसरमा मौकाको सदुपयोग गर्दै लामालाई भेटेको पनि बताइन्छ ।
भेघाटका विषयमा वास्तविक कुरा बाहिर आइनसके पनि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...