-->
कतारको दहामा पुगेर अध्यक्ष गिरीले भने : विदेशको अनुभवले नेपाल बनाउनुपर्छ

13956843_1072031332881352_260107957_n

गणेश गिरी, । नेकपा एमाले निकट पर्वत सम्पर्क मञ्च दोहा कतारको प्रथम अधिवेशनले शेषराज तिमिल्सीनाको अध्यक्षतामा २१ सदस्यीय कार्य समितिको गठन गरेको छ ।

मञ्चको उपाध्यक्षमा श्याम न्यौपाने, धन सुनार खाती, दुर्गा छेत्री, सचिवमा सन्तोषकुमार गुरुङ, सह सचिवमा सञ्जय तिवारी र कोषाध्यक्षमा याम केसी चयन भएका छन । यसैगरी अन्य सदस्यहरुमा सुमन लम्साल, बिक्रम कुवर, विनोद श्रेष्ठ, सौगात लामिछाने, भीम क्षेत्री, टिकाराम भुषाल, भोजराज भुषाल, सोम केसी, कमल विक, प्रेम विक, अविनास विक, बसन्त श्रेष्ठ, विष्णु कडेल लगाएत रहेका छन ।

यसैवीच पर्वत सम्र्प मञ्च दोहा कतारको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमाले पर्वतका अध्यक्ष तथा युवा नेता पदम गिरीले विदेशमा गएर युवाहरुले लिएको अनुभवलाई नेपालमा प्रयोग गर्नुपर्ने बताउनुभएको छ ।

पर्वतबाट रोजगारीका शिलासिलामा कतार गएका पर्वतबासीहरुले गठन गरेको पर्वत सम्पर्क मञ्च दोहा कतारको पहिलो अधिवेशनमा बोल्दै अध्यक्ष गिरीले युवा पलायनलाई रोक्न एमाले नेतृत्वको सरकारले विशेष प्रकारका योजनाहरु ल्याए पनि त्यसलाई कार्यान्वयन गर्न नदिई सरकार परिर्वतन भएको भन्दै युवा पलायन रोक्ने एमालेसंग विशेष योजना रहेको जिकिर गरे ।

विदेशमा गएर पसिना बगाउनु नेपाली युवाहरुको रहर नभई बाध्यता भएको भन्दै अध्यक्ष गिरीले विदेशमा कमाएको धनलाई सदुपयोग गरेमा नेपाल केहि बर्षमा नै हराभरा हुने जिकिर समेत गरे ।

कार्यक्रममा बोल्दै पर्वत क्षेत्र न २ का सांसाद विकास लम्सालले कृषि पेशामा आधुनिकरण गरेर युवाहरुलाई स्वेदशमै रोजगारको सृजना गर्नुपर्ने बताए । आफूले कृषकहरुका लागि पर्वतमा थुपै्र खालका योजनाहरु लागु गरेको भन्दै लम्सालले पशु र कृषि क्रान्तिबाट देशको विकास हुने विश्वास ब्यक्त गरे ।

पर्वतको विकासमा आफूले पहिलो जिल्ला अध्यक्ष हुँदा देखि नै क्रियाशिल रहेको भन्दै सांसद विकास कोषको रकम पनि रोजगार र विकास निर्माण कार्यमा लगानी भईरहको जिकिर गरेको कतारबाट शेषराज तिमिल्सीनाले जानकारी दिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.