-->
पुर्णता नपाउदै फेरि सरकार गिराउने खेल, प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको संकेत

काठमाडौँ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध संघीय गठबन्धनले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेको छ ।

मोर्चाले वर्तमान सरकार गठनका बेला भएको तीन बुँदे सहमति अनुसार नै संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा समेत गरेको छ । मोर्चाको संसदमा ४५ सांसद छन् ।

सरकार गठनपूर्व नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेस मोर्चासहितको संघीय गठबन्धनबीच भएको तीन बुँदे सम्झौता कार्यान्वयन नभए समर्थन फिर्ता लिने निर्णय भइसकेको छ ।

सरकार गठनपूर्व नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेस मोर्चासहितको संघीय गठबन्धनबीच भएको तीन बुँदे सम्झौता कार्यान्वयन नभए समर्थन फिर्ता लिने निर्णय भइसकेको छ ।

संविधान संशोधनमार्फत सीमांकनसहितका आफ्ना माग पूरा गर्ने तर्फ सरकारले तत्काल ध्यान नदिए सरकारलार्इ दिएको समर्थन फिर्ता लिन सकिने सद्भावनाका महासचिव मनिष सुमनले बताए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.