काठमाडौं । मुलुकको ३९ औं प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहिबार नै पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवाशमा आयोजित सपथ ग्रहणपछि लैनचौरस्थित सहिद स्तम्भ, चुनदेवीस्थित पुष्पलाल श्रेष्ठको सालिक र माओवादी पार्टी कार्यालय पेरिसडाँडा पुगेर सहिद स्तम्भमा पुष्पगुच्छा अर्पण गरेलगत्तै दाहाल पदभार ग्रहण गर्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यलय पुगेका थिए ।
पदभार ग्रहण समाराेहमा प्रधानमन्त्री प्रचण्डले जनताको पक्षमा डटेर काम गर्ने बताउँदै आफ्ना ४ योजना सुनाए ।
२.संविधानको कार्यन्वयन
३.भूकम्पपछिको पुनःनिर्माण
भूकम्पपछिको पुनर्निर्माण सुस्त भएको, पीडितहरुले राहात पाउन नसकेको, पीडितहरु अझैपनि पालमूनी बस्न बाध्य रहेको भन्दै प्रधानमन्त्री दाहालले पुनःनिर्माणको कामलाई तिव्रता दिनु आफ्नो तेस्रो प्रथमिकताको रुपमा सुनाए ।
४.आर्थिक समृद्धि
उनले जनताको समृद्धिको चहानालाई आफ्नो विगतको १० वर्षको अनुभवका आधारमा अघि बढाउने बताए । जनताको पक्षमा डटेर काम गर्ने बताउँदै प्रधानमन्त्री दाहालले देश अप्ठ्यारो परिस्थितीमा रहेको बताउँदै आफुलाई सहयोग गर्न पनि सबैसमक्ष आग्रह गरेका छन् ।
0 comments
प्रतिक्रिया दिनुहोस्...