-->
जाँदा जाँदै ओलीले गरे राज्यकोषको दोहन

kp oli hawa

काठमाडौं–आफूलाई काम गर्न नदिइएको, मुलुक र जनतालाई घात गरिएको, कुनी कसले हो छौडा खेलाएको भन्दै मुलुकका अन्य राजनीतिक दललाई सत्तो सराप गर्दै हिँडेका केपी ओलीले राज्यकोषको चरम दोहन गरेको पाइएको छ ।

ओली प्रधानमन्त्री भएपछि मात्रै एमालेका नेता तथा कार्यकर्तालाई बाडिएको रकमको फेहरिस्त हेर्दा लगभग एक अर्ब रुपैयाको हाराहारी हुन आउँछ । ओलीले एमालेका नेताका नाममा खुलेका प्रतिष्ठानदेखि व्यक्तिगत रुपमा समेत रकम बाँडेका छन् ।

सोमनाथ प्यासी सबैभन्दा बढी सहयोग पाउनेमा अगाडि रहेका छन् । उनले पटक पटक गरी राज्यकोषबाट ५० लाख बढी रकम लिएका छन् । यस्तै प्रत्यक्ष रुपमा नदेखाइ मिलाएर रकम बाँडिएका कारण धेरै एमाले नेताको नाम लुकाइएको छ ।

श्रीमान श्रीमती नै सांसद रहेका र पार्टीको उच्च निकायमा समेत रहेका अमृत बोहोरा र अष्टलक्ष्मी शाक्यले समेत राज्यकोषबाट २० लाख भन्दा बढी रकम लिएको देखिन्छ । यस्तै केपी ओलीले शान्ता चौधरीलाई समेत पटक पटक गरी दश लाख बढी रकम दिएका छन् ।

उनलाई अघिल्लो सरकारले समेत विभिन्न नाममा पैसा दिएको थियो । देशभरका एमाले कार्यकर्तालाई मात्रै राहतको नाममा राज्यकोषको पैसा उपलब्ध गराएको देखिन्छ । त्यसमा आफ्नो गुट भन्दा बाहेकका कोही कसैलाई पनि पैसा नदिइएको बताइन्छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.