-->
ओली सरकारका सबै मन्त्रीले ढाँटे जनतालाई

३० साउन, काठमाडौं।

‘म बनाउँछु मेरो धरहरा !’
वैशाख १२, ०७२ को शक्तिशाली भूकम्पले ढालेको ऐतिहासिक धरहरा पुनर्निर्माण कुनै विदेशी दाताको पैसाले नगरी जनताकै लगानीमा गर्ने निर्णय गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारले जनस्तरमै प्रशंसा पायो ।

सोहीअनुसार तत्कालीन सरकारले सार्वजनिक आह्वान पनि गर्यो । जनताले यसलाई ऐतिहासिक अवसर माने र धमाधम धरहराको नाममा दान गर्न थाले ।

अहिलेसम्म यो कोषमा २ करोड २१ लाखभन्दा बढी रुपैयाँ जम्मा पनि भइसकेको छ ।

बिडम्बना! त्यतिबेलै मन्त्रीपरिषद्ले गरेको धरहरा पनुर्निर्माणमा सबै मन्त्रीले एक महिनाको तलब दान गर्ने निर्णय भने उनीहरु आफैंले धोती लगाइदिए ।

स्वयं ओलीबाहेक कुनै मन्त्रीले उक्त कोषमा पैसा हालेनन् । सरकार ढल्यो, निर्णय अधुरै रह्यो ।

फागुन ४ गते धरहराको फेदमा आयोजित ‘ऐतिहासिक धरोहर पुनर्निर्माण संकल्प’ कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले ‘म बनाउँछु मेरो धरहरा’ अभियान शुभारमभ गरेका थिए । आजको नागरिक दैनिकमा खबर छापिएको छ ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.