भारत २३७ रनले विजयी, वेष्ट इन्डिज हार्यो
साउन ३० – भारतले वेष्ट इन्डिजसँगको चार टेस्टको श्रृँखलामा २–० को अग्रता लिएको छ । भारतले तेस्रो टेस्टमा वेष्ट इन्डिजलाई दुई सय ३७ रनले हराएर श्रृँखला आफ्नो पक्षमा पार्ने निश्चित गरेको हो ।
तेस्रो टेस्टको पाँचौं दिन तीन सय तीन सय ४६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको वेष्ट इन्डिज एक सय ८ रन बनाउँदा अल आउट भयो । भारतका मोहम्ममद शामीले तीन तथा इशान्त शर्मा र रविन्द्र जडेजाले समान दुई दुई विकेट लिए ।
वेष्ट इन्डिजका डरेन ब्रावोले सर्वाधिक ५९ रन बनाए । भारतले सात विकेटको क्षतिमा दुई २७ रन बनाएर दोस्रो पारी समाप्तीको घोषणा गरेपछि वेष्ट इन्डिज ब्याटिङमा उत्रिएको थियो ।
भारतका अजिन्क्या रहानेले नटआउट ७८ रन बनाए । भारतले पहिलो पारीमा तीन सय ५३ रन बनाएको थियो । वेष्ट इन्डिज पहिलो पारीमा दुई सय २५ रनमा आउट भएको थियो ।
श्रृँखलाको पहलिो टेस्ट भारतले एक पारी र ९२ रनले जितेको थियो । दोस्रो टेस्ट ड्र भएको थियो । श्रृँखलाको अन्तिम टेस्ट भदौ दुई गतेदेखि सुरु हुनेछ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...