-->
फास्ट ट्रयाक हामी नेपालीले नै बनाउनुपर्छ–प्रचण्ड

काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फास्ट ट्रयाक नेपालीले नै बनाउनुपर्ने बताएका छन् ।

शनिबार प्रधानमन्त्रीसँग सिधा प्रश्न कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘फास्ट ट्रयाक बनाउनुपर्छ, नेपालीले नै बनाउनुपर्छ भन्ने मेरो धारणा हो ।’

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुले फास्ट ट्रयाक भारतिय कम्पनिलाई दिनका लागी प्रचण्डलाई प्रधानमन्त्री बनाइएको जस्ता हल्ला चलाएका थिए । उनीहरुको हल्ला केबल हल्ला मात्रै रहेको प्रचण्डको अभिव्यक्तिले पुष्टी गरेको छ ।

प्रधानमन्त्रीले विदेशमा रहेका नेपालीहरुप्रति सरकार सम्वेदनशील रहेको भन्दै साउदी जेलमा रहेका रामचन्द्र तिमिल्सिनालाई नेपाल ल्याउन सरकारले सबै सहयोग गर्ने बताए । प्रधानमन्त्रीले भने, ‘रामचन्द्रजीको घटना नेपालीहरुले विदेशमा भोगेका दुख पीडाको प्रतिनिधि घटना हो । सरकारले दीर्घकालीन रुपमा देशमै रोजगारीको सिर्जना गर्न र तत्कालका लागि उनीहरुका समाधान समाधान गर्न आवश्यक पहल गर्नेछ ।’

प्रधानमन्त्रीले तिमिल्सिनालाई नेपाल ल्याउन सरकारले पूर्ण सहयोग गर्ने बताए । कार्यक्रममा प्रधानमन्त्रीले विदेशको जेलमा रहेका र कम्पनि टाट पल्टिएर बेरोजगार भएका नेपालीहरुप्रति सरकार सम्वेदनशील रहेको बताए ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.