पोर्चुगल हार्यो, जर्मनी पुग्यो अन्तिम चारमा
साउन ३० – पोर्चुगल ब्राजिलमा जारी रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । शनिबार राति भएको खेलमा जर्मनीले पोर्चुगललाई ४–० ले हराएको हो ।
समूह चरणमा दुईमा जित र एक खेलमा बराबरी गरेर समूह विजेताको रुपमा क्वाटरफाइनलमा आएको पोर्चुगललाई समूह सीको उपविजेता जर्मनीले हराएको हो ।
जर्मनीको जितमा सर्ज नाब्रेय, मट्थिएस गिन्टर, डेवी सेल्क र फिलिप म्याक्सले एक एक गोल गरे । यस्तै दक्षिण कोरियालाई १–० ले हराएर होन्डुरसले पनि अन्तिम चारमा स्थान बनाएको छ ।
Ujyaalo90 network
0 comments
प्रतिक्रिया दिनुहोस्...