-->
७० लाखभन्दा बढी महसुल नबुझाएपछि जानकी मन्दिरको पनि बिजुली काटियो

जनकपुर, ७ भदौ - विद्युत महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरणले जनकपुरको धार्मिक तथा ऐतिहासिक जानकी मन्दिरको बिजुली काटेको छ।

प्रधिकरणले विद्युत महसुल नबुझाउने जानकी मन्दिरको बिजुली सोमबार काटेको हो। जानकी मन्दिरले ७० लाखभन्दा बढी महसुल बुझाउन बाँकी रहेको विद्युत प्राधिकरण वितरण केन्द्र जनकपुरले जनाएको छ।

वर्षेनी करोडौंको रुपैयाँ आम्दानी रहेको जानकी मन्दिरमा विद्युत प्राधिकरणले महसुल बाँकी रहेको कारण बिजुली काटेपछि जनकपुरका बासिन्दा आश्चर्यमा परेका छन्। जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले प्राधिकरणले बिना सूचना बिजुली काटेको प्रतिक्रिया दिए।
DCnepal


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.