-->
चीनसँगको कोरला नाका फेरि खुल्यो, सिमानामा चहलपहल


काठमाडौं, २९ साउन । चीन र नेपाल जोड्ने मुस्ताङस्थित कोरला नाका केही दिनका लागि फेरि खुल्ने भएको छ । वर्षमा दुईपटक नाका खुलाउने परम्पराअनुसार नै फेरि नाका खुला हुन लागको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले जानकारी दिए ।

‘सीमाको गेट भदौ ४गतेबाट खोल्ने भनिएको छ, अधिकारीले भने, ‘अहिलेचाँहि चिनियाँहरु आएर व्यापारिक मेलाका लागि स्टलबनाउँदैछन् । उनीहरुले गेट खोले पनि नेपाली र उताका स्थानीयको आउजाउ छैन ।’ उनका अनुसार भदौ ४ बाट दुई हप्ताका लागि गेट खोल्न दुईपक्षीय कुराकानी भएको थियो ।


मुस्ताङको लोमाथाङ गाविसका सचिव ज्ञानेन्द्र विष्टका अनुसार चिनियाँहरुले खबर गरेर यताका स्थानीयलाई किनमेलका लागि डाकेका छन् । हिउँद याममा हिउँकै कारण स्थानीयलाई हिँडडुलमा समस्या हुने हुँदा अहिल्यै खोलिएको गाविस सचिव विष्टले जानकारी दिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.