-->
सुनको भाउमा तोलामा ३ सय घट्यो, ५९ हजार २ सयमा कारोवार


काठमाडौं–नेपाली बजारमा बिहीवार सुनको भाउ तोलामा तिनसय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाल सुन प्रतितोला ५९ हजार २ सय, तेजावी सुन प्रतितोला ५८ हजार ९ सय ५० रुपैयाँमा कारोवार भएको छ । यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँ घटेर ९ सय ५ रुपैयाँमा कारोवार भईरहेको जनाइएको छ ।

अघिलो दिन बुधवार सुनको भाउ यो बर्षकै उच्च भाउमा कारोवार भएको थियो । प्रतितोला ५ सय रुपैयाँले बढेर सुनको भाउ बुधवार ५९ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

अन्तार्राष्ट्रिय बजार भाउ आकासिदै गएपछि नेपाली बजारमा पनि सुन महंगिएको व्यवसायीको भनाई छ । बिहीवार तोलामा ३ सय रुपैयाँ घटेपनि यो भाउ यो बर्षको दोस्रो धेरै मूल्य हो


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.