-->
प्रचण्ड प्रधानमन्त्री बनेको भोलीपल्टै कांग्रेसको यस्तो माग

काठमाण्डु, १९ साउन– सत्ता साझेदार नेपाली कांग्रेसले सानो आकारको मन्त्रिमण्डल बनाउने भन्दै माओवादी केन्द्रसँग गरेको सहमतिबाट भाग्न खोजेको छ ।

 

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्नुअघि दुई पार्टीबीच भएको सहमतिलाई लत्याउँदै कांग्रेसले आफूले थप दुई मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ ।

 

यसअघि भएको सात बुँदे सहमतिमा कांग्रेसलाई १३ र माओवादीलाई ९ मन्त्रालयको भागबण्डा लगाइएता पनि प्रचण्ड प्रधानमन्त्री भएको भोलीपल्टै कांग्रेसले १५ मन्त्रालयको माग गरेको हो ।

 

स्रोतका अनुसार कांग्रेसमा मन्त्री बन्ने आकांक्षी धेरै भएपछि उसले त्यस्तो माग राखेको हो ।

kathmandutoday


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.