सामान्यतः आफूभन्दा बढी उमेरका महिला वा विवाहित महिलासँग पुरुष आकर्षित हुने हालै गरिएको एउटा अध्ययनले देखाएको छ । यस प्रकारको आकर्षण पछाडि के छ भनेर गरिएको उक्त अध्ययनले निम्न कारण पत्ता लगाएको थियोः
१. अनुसन्धान गर्ने क्रममा आफूभन्दा बढी उमेरका महिलासँग सम्बन्ध गाँस्दा पूर्ण मानसिक तथा शारीरिक सन्तुष्टि प्राप्त गरेको धेरै पुरुषले बताएका थिए । उनीहरुले बढी उमेरका महिला जिम्मेवार तथा परिपक्क हुने बताएका थिए । आफूभन्दा कम उमेरका पुरुषको शारीरिक तथा मानसिक समस्यालाई सही तरिकाले व्यवस्थापन गर्ने क्षमता पनि उमेर बढी भएका महिलासँग हुने सो अध्ययनले देखाएको छ ।
२. आफूभन्दा बढी उमेरका महिलाप्रति पुरुष आकर्षित हुने अर्को कारण भनेको यौन व्यवस्थापन हो । बढी उमेरका महिलाले कम उमेरका पुरुषको यौन इच्छा तथा आकांक्षालाई सही ढंगले बुझ्ने र सोही अनुरुप व्यवस्थापन गर्न सक्ने अनुसन्धानले देखाएको छ । अधिकांश पुरुषले आफूभन्दा बढी उमेर भएका महिलाले आफ्नो यौन इच्छालाई बुझ्ने र सोही अनुसार यौन व्यवहार गर्ने भएकाले उनीहरुप्रति आकर्षित भएको बताएका थिए ।
३. तेश्रो कारण भनेको परिपक्क महिलामा यौन इच्छा बढी हुनु हो । यौन इच्छा बढी भएका कारण कम उमेरका महिला भन्दा बढी उमेर भएका महिला आफ्नो रुचिमा रहेको पुरुषले बताएका थिए । आफुभन्दा बढी उमेर भएका महिलासँग यौन सम्पर्क राख्दा अधिकतम सन्तुष्टि प्राप्त हुने उनीहरुको भनाइ थियो ।
४. अनुसन्धानका क्रममा बढी उमेरका महिलासँग कुनै घमण्ड नहुनाले उनीहरुप्रति आकर्षित भएको कम उमेरका पुरुषले बताएका थिए । परिपक्क महिलामा कुनै प्रकारको घमण्ड नहुने भएकोले उनीहरुसँगको सम्बन्धमा कुनै दरार नआउने पुरुषहरुको बुझाई रहेको पाइएको थियो ।
0 comments
प्रतिक्रिया दिनुहोस्...