-->
चीनमा गुड्यो अचम्मको बस , बस मुनीबाटनै गुड्छन् साना गाड़ी

श्रावण २०, २०७३- हेर्दा आगामी भविष्यको प्रविधि जस्तो देखिएपनि चीनले विकास गरेको ‘स्ट्राड्लिङ बस’ले आजबाट हेबेइ प्रान्तमा परिक्षण यात्रा सुरु गरेको छ ।

दुई मिटर अग्लो बसको मुन्तिर कारहरु लगायतका साना गाडीहरु गुड्नसक्छन् । विद्युतबाट संचालन हुने उक्त बसले ३ सय यात्रुलाई बोक्न सक्छ । यो ७२ फिट लामो र २५ मिटर चौडा छ । 


गत मे महिनामा यो बसको नमुनाको भिडियो रिलिज हुँदा नै संसारभर निकै सन्सनी मचाएको थियो ।

हाल परिक्षण यात्राका रुपमा हेबेइ प्रान्तको उत्तर–पूर्वीय सहर क्विनहुवाङदाओको ३ सय मिटर मात्र लामो सडकमा गरिएको थियो । यो बस करिब ६० किमी प्रति घन्टाको रुफ्तारमा दौडन सक्ने बताइएको छ । यसकालागि लेनहरु तयार पारिएसँगै एउटा बसले करिब ४० वटा अन्य बसको काम गर्न सक्ने छ भने यसले सबवेलाई पनि प्रतिस्थापन गर्न सक्ने चिनीयाँ प्रविधिकहरुको दाबि छ ।(कान्तिपुरमा खबर छ ) 





0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.