प्रचण्ड प्रधानमन्त्री भएकै दिन ‘देशद्रोही प्रचण्डे’ लेखेर सडकमा उत्रिएपछि..
काठमाडौं, २० साउन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै माइतीघर मण्डलामा खुसीयालीसहित दीप प्रज्वलन गरिएको थियो । खुसीयालीसहित गरिएको दीप प्रज्वलन कार्यक्रमको नेतृत्व केन्द्रका पोलिटव्युरो सदस्य हिमाल शर्माले गरेका थिए ।
करिब ५० जनाको हाराहारीमा केन्द्रका कार्यकर्ताले मैनबत्ती बालेर विजय उत्सव मनाइरहेका बेला एकजना अर्धनग्न युवा ‘प्रचण्ड देशद्रोही हुन्’ भन्दै नारा लगाउन थालेको थिए ।
माओवादीको वाहीवाही र जिन्दाबाद नारा लागिरहेको बेला शरीरमा ‘प्रचण्ड देशद्रोही हुन्, विकासविरोधी हुन्’ भन्ने नारा लेखेर ती युवा चिच्याउन थालेपछि उनी माओवादी केन्द्रका कार्यकर्ताको निशानामा परे । कार्यक्रममा सहभागीले ती युवालाई कुटपिट गरेपछि प्रहरीले उनलाई सुरक्षित स्थानमा लग्यो ।
उनले आफू कुनै पार्टीको पनि कार्यकर्ता नभएको बताए । प्रचण्डले भारतीय इसारामा केपी ओली नेतृत्वले भारतीय इसारमा केपी ओली नेतृत्वको सरकार ढलाएर विकासविरोधी काम गरेको उनको आरोप थियो । अन्नपूर्ण पोष्टमा समाचार छ ।
(फोटोः मिडिया एनपी टेलिभिजनबाट)
dainiknepal
0 comments
प्रतिक्रिया दिनुहोस्...