-->
धार्मिकस्थल देवघाटधाममा ३० फिट अग्लो शिव भगवान्को मूर्ति निर्माण हुने


धार्मिक तथा पर्यटकीय स्थल देवघाटधाममा ३० फिट अग्लो शिव भगवान्को मूर्ति निर्माण हुने भएको छ । आगामी दुई वर्ष भित्र निर्माण गरिने मूर्तिको आज ( बुधवार ) प्रधानसेनापति राजेन्द्र क्षेत्रीले शिलन्यास गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै प्रधानसेनापति क्षेत्रीले शिव भगवान्को मूर्ति निर्माणका लागि नेपाली सेनाले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । साथै प्रधानसेनापति क्षेत्रीले धार्मिकस्थल देवघाटधामको विकासका लागि सबै जुट्नु आवश्यक रहेको बताउनु भयो ।
आगामी दुई वर्ष भित्र निर्माण गरिने मूर्ति करिब ४० लाखको लागतमा निर्माण हुने देवघाटधाम क्षेत्र विकास समितिका पूर्व अध्यक्ष शैलेन्द्र पियाले जानकारी दिनुभयो ।
यस्तै, कार्यक्रममा बोल्दै समितिका कार्यबाहक अध्यक्ष कमल मल्लले देवघाटधाम क्षेत्रलाई पनि विश्व सम्पदाको सूचिमा सूचिकृत गराउन पहल भैरहेको जानकारी दिनुभयो । साथै मल्लले यस प्रकारको विकास गर्दै जाने हो भने विश्व सम्पदाको सूचिमा देवघाटधाम क्षेत्रलाई सूचिकृत गर्न सकिने विश्वास व्यक्त गर्नु भयो ।
यस्तै, देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनका अध्यक्ष राजेन्द्र पियाले ३० फिट अग्लो शिव भगवान्को मूर्ति निर्माणका लागि सक्दो सहयोग गर्न सबैमा आग्रह समेत गर्नु भयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह, स्थानीय विकास अधिकारी श्रवण कुमार पोख्रेल, चितवन प्रहरी प्रमुख बसन्त बहादुर कुँवर लगायतको उपस्थिति रहेको थियो ।
यही श्रावण १ गतेदेखि संचालन भैरहेका बोल ओम महोत्सवमा भक्तजनहरुको उपस्थिति बढीरहेको आयोजकले जानकारी दिएको छ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.