-->
माओवादीमा मन्त्री बन्न यी नेताहरुले दाबेदार, नेताहरुबीच रस्साकस्सी

prachanda prime minister elected (26)-001

काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री चुनिएसँगै उनको दलभित्र मन्त्रीका आकांक्षीहरु धेरै देखिएका छन् ।

बिहीबार प्रचण्डको सपथलगत्तै कृष्णबहादुर महरा उपप्रधानमन्त्री तथा अर्थमन्त्री एवं गौरीशंकर चौधरी कृषि र दलजित श्रीपाइली युवा तथा खेलकुद मन्त्री नियुक्त भए ।

ओली सरकारमा पार्टीबाट मन्त्री पठाउँदा थारु र दलित छुटेको भनेर प्रचण्डले बिहीबार बसेको हेडक्वार्टर बैठकमा उनीहरुको नाम प्रस्ताव गरेका थिए ।

निवर्तमान उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले अर्थमन्त्रीमा जनार्दन शर्मालाई प्रस्ताव गरे पनि महराले उपप्रधानसहित अर्थमन्त्रीको सपथ ग्रहण गरे ।

‘टोपबहादुरजीले प्रभाकरजीलाई अर्थमन्त्रालय दिएर महरालाई अरु कुनै मन्त्रालय दिए पनि हुने कुरा राख्नुभएको थियो,’ एक माओवादी नेताले भने, ‘तर ३ बजे राष्ट्रपतिकहाँ पुग्नुपर्ने हतारोबीच अध्यक्षले महराजीकै नाम अघि सार्नुभयो ।’ शर्मालाई दाहालले सञ्चारमन्त्री प्रस्ताव गर्ने सम्भावना रहेको पार्टी स्रोतले बतायो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघ महाधिवेशनअघि दुवैतर्फबाट तीन/तीन मात्रै मन्त्री पठाऔं भनी प्रस्ताव गरेको पनि प्रचण्डले बैठकमा जानकारी गराएका थिए । प्रचण्डले देउवाको आग्रह सुनाएपछि बाँकी मन्त्रीबारे हेडक्वाटर बैठकमा छलफल नै हुन सकेन । आजको कान्तिपुर दैनिकमा खबर छ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.