-->
दीपिका पादुकोण बलिउडकी सबैभन्दा महँगी नायिका

बलिउडकी चर्चीत अभिनेत्री दीपिका पादुकोणलाई यतिखेर फिल्महरुको ओइरो लागेको छ । निर्माताहरु महिनौ लगाएरै भएपनि उनलाई आफ्नो फिल्ममा अनुबन्ध गराउन चाहान्छन् ।

 

फिल्म बाजिराव मस्तानी पछि त उनको डिमाण्ड झन् बढेको हो । सन् २०१३ मा उनले एउटा फिल्म खेलेको १ करोड रुपैया चार्ज गर्थिन् । आज त्यो मुल्य कति पुग्यो होला अनुमान लगाउन सक्नुहुन्छ ?

 

संजय लिला भंसालीको फिल्म ‘गोलियो कि रासलिला’, ‘बाजीराव मस्तानी’ मा काम गरेकी दीपिकाले संजय लिला भंसालीको तेस्रो फिल्म ‘पद्यावती’ मा पनि काम गर्ने भएकी छिन् । उनले यस फिल्मका लागि १२ करोड ६५ लाख रुपैया लिने भएकी छिन् ।

 

बाजीराब मस्तानीका लागि उनले ७ करोड रुपैया लिएकी थिइन् ।


पछिल्ला समय रिलिज भएका उनका ९ फिल्ममध्ये ७ फिल्महरु सुपरहिट भएका थिए ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.