-->
कोरियामा रहेर हुण्डी कारोबार गर्दै आएका म्याग्दीका लक्ष्मण बोगटी नेपालीहरूको करोडौं ठगि गरेर सम्पर्क बिहिन

साउन २७,काठमाण्डौ पछिल्लो समय नेपालीहरूको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियामा नेपालीहरूको सडं्ख्या बढ्दो छ । नेपालीहरूको सडं्ख्या बृद्दी संगै नेपालीहरूको समस्या पनि उत्तिकै बढ्दो छ । हुन त नेपालीहरूलाई समस्याले देश प्रदेश जहाँ पुगेपनि पछ्याउन छाडेको छैन ।
तर पछिल्लो समय कोरियामा नेपालीहरूबाट नै ठगिन थालेका छन् नेपालीहरू। बढ्दो हुण्डी कारोबार संगै केहि हुण्डी कारोबार गर्नेहरू फरार हुंदा कयौं नेपालीहरूको लाखौं रकम डुबेको छ । झण्डै ४ महिना अघि भोजपुरका सोगेन्द्र घलेले ३ करोड रूपैँया भन्दा बढी रकम संकलन गरेर फरार भए ।

 

ईपिएस मार्फत ५ बर्ष अघि कोरिया गएका घले अहिले फरार छन् । स्रोतहरूका अनुसार उनि अहिले भारतमा रहेको बताईन्छ । तर पछिल्लो समय कोरियामा घले मात्र होईन अरू पनि नेपाली दलालहरूले नेपालीहरूलाई ठग्ने गरेको खुलासा भएको छ । त्यस्तै लामो समय देखि कोरियामा रहेर हुण्डी कारोबार गर्दै आएका म्याग्दीका लक्ष्मण बोगटी नेपालीहरूको करोडौं ठगि गरेर सम्पर्क बिहिन भएका हुन् ।

 

कोरियामा नेपालीहरू माझ नेपाली ‘दलाल’को छवि बनाएका बोगटी सस्तोमा नेपाल पैसा पठाईदिन्छु भन्दै करोडौं उठाएर फरार भएको बताईएको छ । को हुन् बोगटी? म्याग्दी घर भएका लक्ष्मण बोगटी कोरियामा सबै भन्दा कुख्यात ‘ठग’ भनेर चिनिने गरेको बताईन्छ । रेष्टुरेण्ट व्यवसाय गरे पनि उनको भित्री व्यवसाय भने ‘ठगी’नै रहेको उनलाई चिन्नेहरू बताउँछन् । यस अघि पनि उनले बिभिन्न मिडियामा नेपालीहरूलाई ठगेको समाचार सार्वजनिक भएको थियो ।

 

अवैधानिक रूपमा कोरिया बसेर नेपाल फर्केका उनि नाम परिवर्नत गरि कोरिया आएका थिए । उनि मिठो बोली बोल्दै नेपालीहरूलाई ठग्नमा निपुण रहेको उनलाई नजिकबाट चिन्ने सौलका एक व्यापारीले टेलिफोनमा बताए । कोरियामा रहेका नेपालीहरूको पैसा नेपाल पठाईदिन्छु भन्दै संकलन गर्ने र पछि नदिने गरेको पिडितहरूले बताएका छन् । कोरियन श्रीमती रहेको उनले हाल कोरियन पासपोर्ट लिईसकेका छन् । तर कोरिया सरकारले उनलाई बैंकिडं् कारोबार गर्न नमिल्ने भन्दै कालोसुचीमा राखेको छ।

 

उनले नेपालका धेरै व्यापारीहरूलाई पनि ठगि गरेको न्युरोडका एक व्यापारीले बताए । उनका अनुसार कोरियाबाट सामान पठाईदिन्छु भन्दै पैसा लगेको तर आज सम्म न सामान न पैसा केहि नपाएको बताए । म्याग्दीकै अर्का एक व्यापारीको झण्डै एक करोड रूपैंया लिएर फिर्ता नगरेको ति पिडित व्यापारीले हामी संग बताए । ।९ महिना अघि यिनै बोगटीको कारण गोपी ज्ञवालीले आत्महत्या गरेका थिए ।

 

उनले सु-साईड नोटमा एक करोड भन्दा धेरै लिनु रहेको उल्लेख गरेका थिए । हाल ज्ञवालीका परिवारले उनि बिरूद्द काठामाण्डौ स्थित नेपाली दूतावासमा उजुरी दिने तयारी गरेको छ। उनिबाट पिडित कुवंर थरका नेपालीले आफ्नो २५ लाख रूपैंया भन्दा बढि रकम नदिएर सम्पर्क बिहिन बनेको बताए । ५ महिना अघि नेपाल आएका उनले कानुनी बाटो रोज्ने बताए । उनले उनिबाट अन्य धेरै नेपालीहरू पिडीत समेत भएको बताउदै हिडेका छन् ।

 

उनिबाट सामान्य नेपालीहरू मात्र पिडित छैनन् उच्च पदस्त व्यक्तीहरू पनि ठगिएका छन् । कोरियाका लागी पूर्व नेपाली राजदूत कमल प्रसाद अर्यालका ज्वाई समेत उनिबाट ठगिएका थिए । तर उनको भने बिभिन्न दवाबमा रकम फिर्ता गरेका थिए । उनले रेष्टुरेण्टमा काम गर्ने कुकहरूको समेत पैसा नदिएर उल्टो धम्काउने गरेको पिडित कुकहरू बताउँछन् । लाखौं रूपैया लिएर कोरिया लाने तर १बर्ष सम्म पनि तलब नपाउने गरेको बताईन्छ। उनका दाई नै भन्छन् ‘मेरो भाई ठगको राजा हो’ उनिबाट अरू त के आफ्नै दाई समेत पिडित छन् ।

 

केहि बर्ष कोरियामा नै व्यवसाय गरेका उनले आफु भाईबाट पिडित बनेको भन्दै नेपाल फर्किएका छन् ।उनले आफ्नो भाई भए पनि ठगको १ नम्बर रहेको बताए । उनले धेरै नेपालीहरू ठगिएको भन्दै उनि संग कारोबार गर्न सचेत रहन सुझाव दिए ।हाल काठमाण्डौमा हामी संग सम्पर्कमा आएका उनले नेपालीहरूलाई ठगेको पैसा कोरियन श्रीमतीलाई दिने गरेको र उनको नाममा केहि सम्पती नरहेको र श्रीमती संग प्राविधक रूपमा मात्र सम्बन्ध रहेको तर सम्बन्ध बिच्छेदको अवस्थामा रहेको पनि बताए । त्यस्तै कोरियामा रहेका उनका अन्य आफन्त पनि ठगिएको बताईएको छ । उनका भान्जा समेत आफु मामाबाट पिडीत बनेको बताँउदै हिडेका छन् ।

 

पिडितहरूको उजुरी दिने तयारी बिभिन्न बाहानामा ठगिएका नेपालीहरूले उनि विरूद्द उजुरी दिने तयारी गरेका छन् । उनिहरूले काठमाण्डौ स्थित कोरियाली दूतावास,सौल स्थित नेपाली दूतावासमा उजुरी दिन लागेका छन् । सौल स्थित नेपाली दूतावासमा यस अघि पनि उजुरी परेको दूतावास स्रोतले बतायो। अहिले उनलाई काठमाण्डौ स्थित कोरियन दुतावासले समेत कालो सुचीमा राखेको पाईएको छ । दुतावासले उनी नक्कली नाममा कोरिया प्रवेश गरेको बिषयमा सामान्य प्रशासन मन्त्रालय संग छलफल गरिरहेको बताईन्छ ।

 

उनले कोरियन नागरिकता लिए पनि नेपालबाट नक्कली नामबाट पासपोर्ट बनाएर प्रेवेश गरेको पत्ता लागे सोही मुलुक फर्काउन सक्ने अन्तराष्ट्रिय कानुन रहेको बताईन्छ । सामान्य विदेशी नागरिकलाई अर्को देशको नागरिक भए पछि त्यहि देशको कानुन लागु हुने भएपनि यस्ता पासपोर्ट नै परिवर्तनको केसमा भने अन्तराष्ट्रिय कानुन समेत आकर्षित हुने एक कानुनविज्ञले बताए ।सौल स्थित नेपाली दूतावास र कोरियन प्रशासन संग सहकार्य गरेर नेपालीहरूको ठगीको बिषयमा छानविन गर्ने दूतावासका एक उच्च अधिकारीले बताए । हामी संग काठमाण्डौमा भेटिएका एक व्यापारीले भने त्यस्ता ठगलाई कोरियामा क्रियाशिल नेपाली संघ संस्थाहरूले कानुनी कठघरामा नउभ्याउनु ठुलो गल्ती रहेको बताउँछन् । उनले त्यस्ता व्यक्तीहरूलाई सामाजिक रूपमा बहिस्कार गर्नुपर्ने बताए ।

source: Thecosmicstar.com


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.