दाम्लोमा बाँधिएकी गर्भवती महिलाको मानव सेवा आश्रमले निःशुल्क उपचार गर्ने
साउन २८। उदयपुर – छ महिना देखि दाम्लोमा बाँधिएकी गर्भवती महिलाको निःशुल्क उपचार हेटौडाको एक संस्थाले गर्ने भएको छ । ६ महिना देखी गर्भवती दाम्लोमा र समाचार प्रभाव : छ महिना देखि दाम्लोमा बाधिएकी गर्भवतीको उद्दार भन्ने शिर्षक समाचार प्रकाशित भएपछि हेटौँडास्थित मानव सेवा आश्रमले निःशुल्क उपचार गर्ने भएको हो ।
समाचार प्रकाशन भएपछि आश्रमले जिल्ला प्रशासन कार्यालय उदयपुर समक्ष उपचार गर्ने इच्छा व्यक्त गरेपछि हेटौडा पठाईएको प्रमुख जिल्ला अधिकारी कृष्ण चन्द्र घिमिरेले बताए ।
गर्भवती महिलालाई थप उपचारको लागि बिहिबार पत्रकार तुलसीप्रसाद कोइराला, महिला खबर सम्वाददाता सुमित्रा कोइराला, प्रहरी सहायक निरीक्षक उमा गुरुङ, प्रहरी जवान शोभा कार्की र सृजनाकी सासु धनमाया खड्का सहितका टोली हेटौडाको आश्रममा भर्ना गरिएको हो ।
हेटौँडाको आश्रमले मानसिक सन्तुलन गुमाएकी महिलाको उपचार तथा गर्भवती अवस्थादेखि सुत्केरी भएसम्मको सम्पूर्ण स्याहार सुसार गर्ने भएकाले त्यहाँ पठाएको प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले बताए ।
सो संस्थाले मानसिक सन्तुलन गुमाएर सडकमा हिँड्ने महिला तथा गरिब तथा विपन्न परिवारको उपचार गर्न नसक्नेहरुलाई उपचार तथा संरक्षण दिँदै आएको छ । जिल्ला प्रशासन कार्यालय र महिला तथा बालबालिका कार्यलयको सिफारिसमा बिहिवार ती महिलालाई एम्बुलेन्सबाट हेटौडा पु¥याईएको छ ।
गरिबिका कारण उपचार अभावमा बाँधिएर बस्न बाँध्य भएकीलाई उपचार तथा संरक्षणको हिसाबले हेटौँडाको मानव सेवा आश्रममा लगिएकोमा सासु धनमायाको खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘मैले सोचेको थिइन, मेरो बुहारीको उपचार हुन्छ भनेर । मेरो बुहारी र म माथि गुण लगाउनेहरुलाई कसरी गुण तिरुम् ?’
मानसिक सन्तुलन गुमाएकी उदयपुरको त्रियुगा नगरपालिका–५ स्थित भातिखर्ककी २२ वर्षीया सृजना कार्की (खड्का) को विगत ६ महिनादेखि घरमै दाम्लोमा बाँधिएर बस्न बाध्य भएकीलाई बुधबार महिलामानव अधिकारकर्मी, पत्रकार, प्रहरी र स्थानीय प्रशासनले उद्धार गरेको थियो ।
सिन्धुलीको लदाभिर गाविसबाट २०७० फागुनमा मनोजकुमार खड्कासंग सृजना विवाह बन्धनमा बाँधिएकी थिइन् ।
२०७० चैतमा नोवेल अस्पताल विराटनगरमा भर्ना गरे पनि एकमहिना विरामी राखेपछि नोबेलमा उपचार गर्न आर्थिक अभाव पछि डिस्चार्ज गरिएको थियो तर विरामीको समाचार आएसँगै नोबेल अस्पतालले समेत निःशुल्क उपचार गरिदिने बताएको थियो ।
नोबेलका चिकिस्सक देव घिमिरेले विरामीलाई विराटनगर पठाइदिए निःशुल्क उपचार गरिदिने बताए ।स्रोत: रातोपाटी
0 comments
प्रतिक्रिया दिनुहोस्...