-->
भारतीय सुरक्षाकर्मी पोशाकसहित नेपाल छिरेपछि सरकारले निगरानी बढायो !

विराटनगरः ड्युटीमा खटिने भारतीय सुरक्षाकर्मी पोशाकसहित नेपालतर्फ आउने क्रम बढेपछि मोरङको सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको छ ।  कान्तिपुरमा खबर छ
Border-Security-force-india-57ac37ba4d13a6.70452757भारतीय सुरक्षाकर्मी पोशाक र हतियारसहित अर्को देशमा आउजाउ गर्न नपाइने नियम छ । पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी केशरीराज घिमिरेले भने, ‘नियम मिचेर भारतीय सुरक्षाकर्मी पोशाकसहित नेपाल छिर्ने क्रम बढेपछि निगरानी बढाइएको छ ।’

खुल्ला सीमानाको फाइदा उठाउँदै भारतीय सुरक्षाकर्मी पोशाकसहित नेपाल आउने र आफ्ना व्यक्तिगत कामकारबाही तथा गतिविधी गरेर फर्कने गरेका छन् । कतिपय स्थानबाट हतियारसहित भारतीय सुरक्षाकर्मी नेपाल आउने गरेका छन् ।

मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीका अनुसार कुनै पनि देशका सुरक्षाकर्मीले पोशाक र हतियारसहित अर्को देशमा प्रवेश गर्न पाउँदैनन् । ‘पोशाक र हतियारसहित आउन नपाउने नियम त छँदैछ,’ उनले भने, ‘त्यही नियमको पालना गर्न गराउन भनेर बिना काम पोशाकसहितका सुरक्षाकर्मी आउजाउमा कडाई गरिएको हो

एसपी भण्डारीले अन्जानमा पोशाकसहित आउने भारतीय सुरक्षाकर्मीलाई भने सम्झाएर फिर्ता पठाइने बताए । ‘जानीजानी आउनेलाई भने नियन्त्रणमा लिएर भारतीय उच्च सुरक्षा अधिकारीको जिम्मा लगाउने छौँ,’ उनले भने, ‘नेपाली सुरक्षाकर्मीलाई पनि पोशाकसहित भारततर्फ नजान निर्देशन दिइसकिएको छ ।’

Source : Everest online 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.