दुई छोरा सहित बिचल्लीमा परेकी फिलिपिनी महिलाको आदर्श गृहद्वारा उद्धार
कालिका, गीता गुरुङ्ग, श्रावण, २८ ।
चितवनको भरपुरमा रहेको आदर्श गृह द्धारा बिचल्लीमा परेकी फिलिपिनी महिलाको दई छोरा सहित उद्धार गरी स्वदेश फिर्ता गर्ने भएको छ ।
नेपालीसंग बिहे गरेर दुई छोराकी आमा समेत बनेकी फिलिपिनी महिला जोयाको उद्धार गरी आदर्श गृहले आईतवार स्वदेश फिर्ता गर्ने भएको हो । बैदेशीक रोजगारका लागी यु. ए. ई पुगेका नेपाली युवा संग बिवाह गरी नेपाल आएका जोया बिगत ५ वर्ष देखी नेपालमै बसोवास गर्दै आईरहको थियो । दुई सन्तानकी आमा समेत रहेकी जोयाले नेपाली नागरीक संग बिहे गरी ३ वर्ष र ११ महिनाको छोरा जन्मायकी छीन् ।
श्रीामान र घरपरीवारको हिंसा सहन नसकी घर छाडेर हिडेकी जोया लाई बिगत ५ महिना अगाडी भरपुरको वालकुमारी रोड बाट गृहले उद्धार गरी संरक्षण गरीएको गृहकी प्रमुख मीना खरेलले जानकारी दिनु भयो । उहाले बिभिन्न सरकारी निकाय र फिलिपिनी दुतावासको सहयोगले जोया लाई स्वदेश फिर्ता पठाउन सफल भएको बताउनु भयो ।
श्रावण ३० गते २ सन्तान सहित स्वदेश फिर्ता हुन लाग्नु भएका जोयाले गहभरी आसु वोक्दै नेपाली नागरीकहरु अतिनै राम्रो भएको बताउदै गृहले गरेको कार्य लाई कहिले बिर्शन नसक्ने बताउनु भयो । नेपालको बसाईमा बिभिन्न दुख कष्ट भोगेकी जोयाले आफु स्ट्रोङ्ग रहेको भन्दै आगामी ५ वर्षमा पुन नेपाल आउने समेत जनाएका थिए ।
यस्तै प्रमुख जिल्ला अधिकारी विनोद प्रकास सिंहले गृहले प्रसंसनिय कार्य गरेको भन्दै यसको बयान गर्न नसकिने बताउनु भयो । जोया लाई स्वदेश फिर्ता गर्न महत्वपुर्ण भुमीका रहेको जिल्ला प्रसासन कार्यलयका प्रमुख सिंहले गृहले देशमै ठुलो सन्देश दिएको जनाउनु भयो । साथै उहाँले यस्तो प्रवृत्ति गर्ने ब्यक्ति लाई दानुनी दायरामा ल्याई सजाय दिनु पर्ने आवश्यक रहको जनाउनु भयो । सााथै जोया लाई गृहले शुक्रवार बिदाई कार्यक्रमको आयोजना समेत गरेको छ ।
बि.सं २०४९ साल देखी सथापना भएको गृहले हाल सम्म ६ सय ४३ जना डिीत महिलाहश्ररुको उद्धार गरेको छ । जसमा ३ सय ७७ जना घरेलु हिंसा तथा २६६ जना मानव बेच बिखन रहेको गृहले जनाएके छ । गृहले आर्थिक वर्ष २०७२,७३ मा मात्रै घरेलु हिंसामा ७४ तथा मानव बेचबिखनमा ४८ जना लाई उद्धार गरेको छ । हाल गृहमा ३७ जना महिलाहरु संरक्षित छन् ।
0 comments
प्रतिक्रिया दिनुहोस्...