क्रान्तिका दुई पुराना मोडेलहरु जस्तै सामन्तवादकोबिरुद्द पुजीपतिवर्गको नेतृत्वमा सम्पन्न पुजिवादी क्रान्तिर पूजीवादको बिरुद्द सर्वहारावर्गको नेतृत्वमा बिकसितपुजिवादी मुलुकमा अल्पकालीन सशस्त्र विद्रोहद्वारासुरुमैकेन्द्रियसत्ता कब्जागरी गरियको समाजवादीक्रान्ति : भन्दा बेग्लै अर्थात अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक चीनमा सर्वहारावर्गको नेतृत्वमासाम्राज्यवाद द्वारा संरक्षित सामन्तवादको बिरुद्धदृघकालिन जनयुद्ध द्वारा गाउले शहरघेर्ने रणनीतिअन्तर्गत १९४९ मा नयाढंगको पुजिवादी क्रान्ति सम्पन्नगरियो ! यसलाई नै नयाजनवादी क्रान्ति नामकरणगरियो ! यो नया जनवादीक्रान्तिको मुख्य नेता रयोजनाकार हुनुहुन्थ्यो कमरेड माओत्सेतुङ्ग !नयाजनवादीक्रान्ति सम्पन्न गर्ने र त्यसलाई समाजवादहुदै बैज्ञानिक साम्यवाद सम्म पु–याएयर सम्पूर्ण मानवसमुदायलाई नै सबै प्रकारका शोषन,दमन र उत्पीडनवाट मुक्त गर्ने कमरेड माओत्सेतुङ्ग को महानयात्रामापार्टी भित्र र बाहिर वाटठुला ठुला अवरोधहरु हरु आईपरे! ति अवरोधहरुलाई पन्छ्याउने क्रममा कमरेडमाओत्सेतुङ्गले आफ्नै जीवनमा फेरि अर्को ठुलोक्रान्तिको नेतृत्व गर्नु प–यो ! त्यो क्रान्तिलाई नै महानसर्वहारा सास्कृतिक क्रान्ति भनिन्छ ! महानसर्वहारासांस्कृतिक क्रान्ति १९६६ देखि १९७६ सम्म दशबर्ष जारिरह्यो !
सामन्त ,दलाल र नोकरशाही पुजीपतिवर्गको बिरुद्धसंघर्ष गर्ने क्रममा नया जनवादी क्रान्तिको पक्षमा आएकाराष्ट्रिय पुजीपतिवर्ग ,पार्टी भित्रका तिनका एजेन्टहरु रतिनका बिदेशी मालिकहरु चीनलाई नयाजनवाद वाटसमाजवाद तिरसंक्रमण गर्ने र समाजवादलाई मजवुतबनाउने क्रममा तगारो बनेर उभिए ! नया जनवादीक्रान्ति सम्पन्न गर्दा पार्टीको नेतृत्वमा रहेर माओत्सेतुङ्गसंगै लडेका र त्यसपछि पार्टी र सरकारको नेतृत्वदायीअंगमा रहेका ल्यु शाओ ची रतेङ्ग स्याओ पिङ्ग जस्ता माओत्सेतुङ्ग कै सहयोद्धा नेताहरु नयाजनवाद वाटसमाजवादमा संक्रमण गर्ने अभियानको बिरुद्ध उभिए !यसको वाबजुद १९५६ मा कमरेड माओत्सेतुङ्ग्कोनेतृत्वमा चिन समाजवादमा प्रवेश ग–यो !
पुजिवादी अर्थ ब्यबस्था वाट समाजवादी अर्थ ब्यबस्थामाप्रवेश गरेपनि अधिरचनाका सबै क्षेत्रहरु जस्तै राजनैतिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा समाजवादीकरण गरिएनभने समाजवादको बिघटन अबस्वयंभावी नै हुन्छ ! तसर्थचीनमासमाजवादी अर्थ ब्यबस्था स्थापना भए पश्चातत्यही अनुरुपको अधिरचनाको आवस्यकताबोध हुनुस्वभाविक थियो ! त्यसकारण त्यहाको पुरानो पुजिवादीराजनैतिक,साकृतिक र शैक्षिक प्रणालीलाईसमाजवादीकरण गर्नु कमरेडमाओत्सेतुङ्गको निम्तिपहिलो प्राथमिकताको बिषय बन्यो ! तर परिस्थिति सहजथिएन ! चीनका राष्ट्रिय पुजीपति र पार्टी कै मै हु भन्नेघगडान नेताहरु त्यसको बिपक्षमा थिए ! र उनीहरुलाईबिस्व प्रतिक्रियावादले त साथ दीइरहेकैथियो त्यसमाथितात्कालीन सोभियत संशोधनवादी दलका नाईकेहरुखुर्स्चोभ र ब्रेझनेभहरुले खुलियाम सहयोग गरिरहेकाथिय ! यो अवस्थामा अधिरचनाका सबै क्षेत्रमासमाजवादीकरण गर्न सहज थिएन ! तैपनि अघि बढ्नु नैथियो,त्यसैले यो असहजता लाई चिर्दै चीनमापूजीवादको पुनर्स्थापना रोक्न र सर्वहारावर्गकोअधिनायकत्वलाई लाई मजबुत पार्दै समाजवादलाई अघिबढ़ायर सुदृध र समृद्ध चिन निर्माण गरि बिस्व–साम्यवादको ढोका खोल्नका निम्तिकमरेडमाओत्सेतुङ्गले महान सर्वहारा सास्कृतिक क्रान्तिकोघोषणा गर्नु भएको थियो !
महान सर्वहारा सास्कृतिक क्रान्तिमा करोडौ नेता,कार्यकर्ता र अरबौ चिनिया जनता मात्र होईन सिंगो चिन जुरुक्क उठेको थियो ! विचारधाराको क्षेत्रमा समाजवादमा पनि बुर्जुवाबर्ग र सर्वहारा वर्ग बीच चर्कोसंघर्ष चलिरहन्छ !त्यसकारण समाजबाद नै सर्वहारा याबुर्जुवा कसले जित्छ तुङ्गि सकेको अवस्था होईन , ‘निरन्तर क्रान्तिमा जोड देउ ‘ , ‘ वर्ग संघर्षलाई कहिल्यैनबिर्स ‘ भन्ने माओवादी मान्यताका बिरुद्ध पार्टी रसरकारको नेतृत्वमा रहेर चीनमापुजिवाद र समाजवादमध्य कसले जित्छ भन्नेकुरा तुंगी सकेकोछ !समाजवादमा निरन्तर क्रान्ति र वर्गसंघर्षको आवस्यकताछैन ! समाजवादमा पनि निजि सम्पति राख्न पाउनुपर्छ ,ब्याज लिन पाउनुपर्छ ,नोकर चाकर राख्नपाउनुपर्छभन्ने मान्यता राख्ने पुजीपति बर्गका छद्मएजेन्ट तथा चिनिया संशोधनवादका नाईकेहरु लिउस्याओ ची र तेङ्ग स्याओ पिङ्ग सहित उनीहरुकाअन्धभक्तहरु कैयौलाई महान सर्वहारा सास्कृतिकक्रान्ति कै दौरानमा पार्टी र सरकारकोसबै जिम्मेवारीबाट बर्खास्त गरियो ! लिउ ,तेङ्ग गुटले संरक्षन गरेरराखेका र समाजवादमा पनि शोषण गर्न पाईन्छ नाफाकमाउन पाईन्छ भन्ने मानसिकता पालेका ठुल्ठुलापुजीपतिहरु त सर्वहारा सांस्कृतिक क्रान्तिको तारो बने नै!साथमा पुराना खराब सस्कृति ,सस्कार र बानिब्यबहार वाट मुक्त नहुने , बद्लिएको परिस्थिति अनुरुपआफुलाई बदलेर समाजवादीकरण गर्न नसक्ने तर पार्टी र सरकारको उच्च ओहदामा बसिरहने अरु कैयौ बडे बडेनेताहरु पनि सोक्रान्तिका निशाना बने !
सरल ढंगले भन्नुपर्दा कमरेड माओत्सेतुङ्गले बिस्वकम्युनिस्ट आन्दोलनमा दृघकालिन जनयुद्धकोआवस्यकताबोध र त्यसको कार्यनीति र रणनीति निश्चितगर्नुभयो , वहाले नया जनवादी क्रान्ति र क्रान्ति भित्रनिरन्तर क्रान्तिकोसिद्दान्त प्रतिवादन गर्नुका साथैमार्क्शवादको तिन वटै संघटक अंगहरुको उच्चतमबिकाश गर्नु भयो ! यसर्थमा सर्वहाराबर्गको मुक्तिकोखातिर कमरेड माओत्सेतुङ्गले मार्क्शवाद–लेनिनवादमा गर्नु भएको बिकास र योगदानलाई नैबिस्व कम्युनिस्टआन्दोलनमा माओबाद या माओ विचारधारा भनियो !जुन व्यक्ति समुह या संगठनले माओत्सेतुङ्गकाबिचारहरु अर्थात माओबादलाई आफ्नो पथप्रदर्शकसिद्दान्त मानेर अघि बढ्छ त्यो व्यक्ति ,समुह र संगठननैमाओवादी हो !
माओवादलाई पथप्रदशक सिद्दान्त मान्दै तत्कालिनने.क.पा.( माओवादी) को पहल र नेतृत्वमा भएको महानजनयुद्धको लोकप्रियता दोहन गर्दै हिजो–आज कैयौव्यक्ति,समुह र संगठनहरु सडकमा माओवादी बनेरदौडीरहेकाछन !यथार्थमा ति मध्य सबै माओवादीहोईनन ! भित्र अध्यारो कोठामा दलाल,तस्कर भ्रस्टाचारी, र कमिशनखोर संग बसेर आम्दानीकोभागबण्डा गर्ने तर बाहिर सडकमा निक्लेर आफुलाईमाओवादी घोषणा गर्ने त्यो माओवादी होईन !दिनभरीसर्वहारा,सुकुम्वासी र किशाण ,मजदुरको श्रमको शोषणगर्ने तर बिहान बेलुकी माओवादी बनेर हिड्ने त्यो पनि माओवादी होईन ! आचरण,बानि ब्यबहार ,सस्कार,सस्कृति हिडाई,बसाई ,लवाई,खुवाई ,आचार,बिचारसबैमध्य युगिन बादशाहको जस्तोछ तर उसले आफुलाईमाओवादी दावी गर्छ त्यो माओवादी होईन ! जस्ले हिजोमिलेराबाद मुर्दावाद भन्यो उसैले आज मिलेराबाद नैआजको मार्क्शवाद हो भन्छ भने अब उ माओवादी रहेन !जस्ले दिनभरमाओवादी क्रान्तिको कुरा गर्छ त्यसैलेरातभर प्रतिक्रियावादी ब्यबस्था अन्तर्गत कै सांसद,मन्त्रि र प्रधानमन्त्रीको सपना देख्छ भने त्यो पनिमाओवादी होईन ! जस्ले बोलीमा जनवाद ,समाजवाद र साम्यवाद स्थापनाको कुरा गर्छ तरब्यबहारमापुजिवाद्लाई मजबुत पार्ने काम गर्छ त्यो माओवादीहोईन ! त्यस्तै जुन संगठनले व्यबहारमावर्नस्ताईनवाद ,काउत्सकिवाद,खुर्स्चोभवाद रतेङ्गवाद लागु गर्छ तर दस्तावेजमा माओवाद लेख्छ त्योसंगठन माओवादीसंगठन होईन ! जुन संगठन ब्रेझनेभ ,गोर्वाचोभ र लिउ शाओ ची को बाटोमा हिड्छ तर त्यसलेआफ्नो मार्गदर्शक सिद्दान्त माओवाद भन्छ त्यो माओवादीसंगठन होईन ! जुन संगठन ब्यबहारमा संसदबादमाचुर्लुम्म डुबेको छ र उकहिल्यै त्यहा बाट निक्लनेसम्भावना छैन तर त्यसले भाषण ,प्रशिक्षणमामाओवादको कुरा गर्छ त्यो संगठन माओवादी होईन !
बिगत ,बर्तमान र भबिस्य यी तिन वटै चिज आ–आफ्नोठाउमा उत्तिकै महत्वपूर्ण छन ! आन्दोलनलाई बिगतमाकसले कति योगदान ग–यो ? त्यसलाई भुलेर व्यक्तिकोमुल्यांकन गरियो भने त्याहा अन्याय हुन्छ !भबिस्यकोसम्भावनालाई उपेक्षा गरेर निस्कर्षनिकालियो भने त्यसले आन्दोलनलाई फाईदा होईननोक्शानी पु–याउछ ! तर मुख्यकुरा भनेको बर्तमान नै हो! बर्तमानमा कस्ले कहा के गर्दैछ ? त्यसको आधारमा कोके हो ? भन्ने कुरा ठिक ढंगलेठम्याउन सकिन्छ !भनिन्छ ‘एउटा माघले जाडो जादैन ‘ एउटा माओवादीलेआफु माओवादी भैरह्नको निम्ति एकपटक मात्र होईनपटक पटकको परिक्षामा आफुलाई पास गर्न सक्नु पर्दछ! महान जनयुद्धको क्रममा माओवादीपरिक्षामा पासभएको मान्छे अहिलेको परिस्थितिमा पनि उ पास नै हुन्छभन्ने कुनै ग्यारेन्टी छैन ! अबस्य उ पास भए बर्तमानमापनि माओवादी हुन्छ फेल भए माओवादी हुदैन ! बिगतमासो परिक्षामा फेल भएको मान्छे उ सधै फेल नैहुन्छमाओवादी बन्न कहिल्यै सक्दैन भन्ने पनि होईनबर्तमानमा पास भएर उ माओवादी बन्न सक्छ, उसलाईमाओवादी बन्ने अधिकार छ ! हिजो कुनै कारणबशमाओवादी आन्दोलन भन्दा बाहिर रहेको मान्छे उ सधैमाओवादीआन्दोलन बाट बाहिर नै रहन्छ भन्ने पनिहोईन ! हिजो भित्र रहेका आज बाहिर जान सक्छबाहिरको भित्र आउन सक्छ ! हिजो जनयुद्धमा सहभागी नभएकाहरु माओवादी होईनन र उनीहरु कहिल्यैमाओवादी हुन सक्दैनन् भन्नेमान्यता राख्नु गलत हो !त्यस्तै हिजो जनयुद्धमा सहभागी भएकाहरु मात्रमाओवादी हुन् र उनीहरु सधै माओवादी नै रहन्छ भन्नेशोच्नु पनि गलत हो ! हिजो माओवादी बिचारमा कन्भिसनभएको मान्छे आज सो बिचारमा कन्भिसभएर असलमाओवादी बन्न सक्छ ,हिजो माओवादी बिचारमा सहमतमान्छे आज सो बिचारमा असहमत बनेर पलाएन हुनपनिसक्छ ! माओवादी बन्नु भनेको विचारको कुरा हो ,महान जनयुद्ध लड्नु भनेको बिचारका साथै प्राबिधिकरसांगठानिक कुरा पनि हो ! जनयुद्ध लडेर या न लडेरजसले माओवादी दर्शन ,विचार ,सिद्दान्त र मुल्यमान्यतालाई आफ्नो जीवन दर्शन बनायो र बनाईरहेको छ त्यो माओवादी थियो र माओवादी हो ! तर माओवादीबिचारलाई पथप्रदर्शक सिद्दान्त मान्ने संगठन एक भन्दाबढी भएको अवस्थामा जुन संगठनले माओवादलाईमार्गदर्शक सिद्दान्त मान्दै जनयुद्धको सचेत पहल ग–योत्यो संगठनको सदस्य जनयुद्धमा सहभागी भयो ! जुनसंगठनले माओबाद्लाईमार्गदर्शक सिद्दान्त त मान्यो तरजनयुद्धको सचेत पहल गरेन त्यो संगठनको सदस्यजनयुद्धमा सहभागी भएन फरक यत्ति हो !
अन्त्यमा दोहो–याएर : दश बर्षे महान जनयुद्धको उच्चलोकप्रियताको दोहन गर्दै आफुलाई माओवादी दावी गर्नेराजनैतिक व्यापारीहरु नेपालमा कम छैनन् ! महान जनयुद्धमा जस्ले जुनस्तरको त्याग र बलिदान ग–यो उस्लाईत्यहीस्तरमा सम्मान गरिनु पर्दछ यो निर्बिबाद सत्य हो !तर बिगतमा कसैले महान जनयुद्धमा गरेको त्याग रबलिदानकै आधारमा बर्तमानमा उसले जतिसुकैमाओवादी मूल्य र मान्यता बिरोधि हर्कत गरेपनि ,क्रान्ति प्रति जतिसुकैबिस्वासघात र गद्दारी गरे पनि फेरिउस्ले आफुलाई माओवादी नै हु भनि दावी गर्छ भने त्योदावी निरर्थक हो उ माओवादी हुदै होईन ! बरु उहुनसक्छ पुर्व माओवादी ,खाओवादी , अवसरबादी,पलायनबादी ,नव संशोधनबादी ,संसदबादी या नवप्रतिक्रियावादी !
0 comments
प्रतिक्रिया दिनुहोस्...