-->
कामदारको बारेमा कतार सरकारले १३ डिसेम्बर देखि लागू हुने गरी यी १६ नयाँ कानुन सार्वजनिक गर्यो |

काठमाडौं २८ साउन | कतारमा विगत लामो समय देखीको पर्खाईमा रहेको कफाला प्रोयोजनको कानुन अन्तत: यहि आउँदो १३ डिसेम्बर देखि श्रमिकका हकमा लागू हुने गरी कतार सरकारले विभिन्न १६ वटा परिमार्जित श्रमिक ऐन कानुनलाई गत अगष्टको पहिलो ले सार्वजनिक गरेको छ । जुन निम्न प्रकार रहेका छन | १. नयाँ कानुन यहि वर्ष २०१६ बाट लागु हुनेछ(सशोंधित) । २. नयाँ कानुनले कामदारहरुको वारेमा धेरै कुराहर उल्लेख गरिनेछ । जसमा कामदार रहने अवधि र कामको सम्झौता लगायतका विषयहरु समावेश हुनेछन् । 
३ नयाँ वर्किङ भिजामा लगाइने भनिएको प्रतिबन्धहरु रद्द हुनेछन् ।

४.यदी नयाँ रोजगारदाताले कामदारलाई लिएको खण्डमा पुरानो रोजगारदाताले कुनै अवरोध गर्न पाइने छैन ।

५.कतारमा नयाँ काम गर्न सम्झौता पाएका कामदारहरु आफ्नो काममा भोलीपल्ट पनि फर्कन सक्नेछन् ।

६.नयाँ कानुन लागु भएपछि यात्रामा आउनेहरुका लागि एक्जिट पर्मिट आवश्यक पर्ने छैन ।

७.कामदारले देश छाड्नु अघि आफ्नो मालिकलाई तीन दिन अगावै जानकारी दिनुपर्ने छ ।
८. आफ्नो देशमा फर्कनुपर्ने ब्यक्तिहरु अझै कतारमै बसेका छन् भने पुराना रोजगार सम्झौताहरु यो वर्षको अन्त्यसगैं पुर्नस्थापित गराइनेछ ।

९. जुन मितिमा रोजगारमा आएका ब्यत्तिले रोजगारदातासगँ सम्झौता गरिन्छ त्यहि दिनबाट नै सम्झौताको दिन शुरु हुनेछ ।
१०.रोजगारी सम्बन्धि सम्झौता श्रम मन्त्रालयबाट स्विकृत भएको हुनुपर्ने छ ।

११.सम्झौता सकेकाहरु बढीमा पाँच वर्षसम्म कतार बस्न पाउनेछन् ।

१२.पाँच वर्षसम्म कतार बसेकाहरुलाई सम्झौता सकेपनि नयाँ रोजगारदातासगँ सम्झौता गर्ने अवसर पाउनेछन् ।

१३.निश्चित काममा आएका कामदारहरुले चाहेको खण्डमा आफ्नो काम परिवर्तन गर्न पाउने छन् ।

१४.यदी रोजगारदाताको मृत्यु भएमा वा रोनगारी दिने कम्पनि बन्द भएमा कामदारले चाहेको खण्डमा अन्य रोजगारदातासगँ सम्झौता गर्न सक्नेछन् ।

१५.यदि कामदार पठाउने संस्थाले विना अनुमति कुनै कामदारलाई अन्य काममा काम गर्न लगाइयो भने झन्डै ५०,००० कतारी रियल सम्मको जरिवाना र तीन वर्षसम्म कैद गरिनेछ ।

१६.यदि कुनै कामदारको पासपोर्ट कब्जामा लिइएको छ भने कब्जामा लिनेलाई १०,००० देखि २५,००० कतारी रियल जरिवाना गराइनेछ ।लाईट नेपालमा खबर छ। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.