-->
प्रधानमन्त्रीको प्रचण्डको ठाडो निर्देशन : ‘खाडीका जेलमा रहेका नेपालीहरुको तथ्याङ्क दिनुस्’

prachand-prime1

काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाडीमा रहेका नेपालीहरुको अबस्थाबारे जानकारी गराउन ठाडो निर्देशन दिएका छन् ।

शुक्रबार परराष्ट्र सचिव शंकरदास बैरागीलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाई प्रधानमन्त्रीले खाडी मुलूकमा रहेका नेपालीहरुका समस्याबारे गम्भीर चासो राख्दै जेलमा रहेका नेपालीहरुको ठोस तथ्याङ्क दिन निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीले परराष्ट्र सचिवलाई खाडी मुलूकका जेलमा रहेका नेपालीहरुको तथ्याङ्क तत्काल आफूलाई बुझाउन निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्रीले भने– ‘साउदी, कतार, मलेसिया लगायतका खाडी मुलूकमा कति नेपाली बन्दी जीवन बिताइरहेका छन् ?

कति कम्पनि टाट पल्टिएर नेपालीहरु कामबिहीन भएका छन् ? त्यसको ठोस तथ्याङ्क बनाएर तत्काल मलाई बुझाउनुहोला । सरकारले यसबारे आवश्यक निर्णय गर्नेछ ।’

प्रधानमन्त्रीले खाडी मुलूकमा बन्दीजीवन बिताइरहेका रामचन्द्र तिमिल्सिनाको अवस्थाबारे परराष्ट्र सचिवसँग जानकारी लिएका थिए । सो अवसरमा परराष्ट्र सचिव बैरागीले रामचन्द्र तिमिल्सिनाको सहयोगमा नीजि क्षेत्रबाट २८ लाख रुपैया संकलन भएको जानकारी दिए ।

प्रधानमन्त्रीले रामचन्द्र तिमिल्सिनाको घटनाबारे यथार्थ बुझेर थप जानकारी गराउन निर्देशन दिँदै सरकारले आवश्यक सहयोग गर्ने बताएको प्रेस सल्लाहाकार आचार्यले जानकारी दिए ।

परराष्ट्र सचिवले पेट्रोलियम पदार्थको मूल्य घटेकाले खाडी मुलूकहरुमा धेरै कम्पनिहरु बन्द हुँदै गएको र नेपाली कामदारहरु कम्पनिबाट फिर्ता भइरहेको जानकारी दिए ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.