घटना नम्बर १
तीन बर्षअघि २०७० असारमा समाचार खोज्दै जाँदा पत्रकार जनक नेपालीले एउटा ‘न्यूज स्टोरी’ फेला पारे । रामपुर ३ बालिमखोलाको ढिकमा सानो झुपडीमा एउटा दलित परिवारको पीडा देखेर उनी अवाक भए । उमेर पुगेको छोरालाई गतिलो अभिभावकत्व नहुँदा त्यसै बरालिएर हिडेको थियो भने असी बर्ष पुग्नै थालेका बाबुआम भीर मागेर जीवन गुजार्थे ।
‘यस्तो पनि जीन्दगी’– उनलाई दिक्क लाग्यो । तर, पनि उनले यही घटनालाई मसालेदार समाचार बनाए र नौलो जनउभार साप्ताहिकमा छापे ।
यो समाचारले केही युवा ब्यावसायीलाई छोएछ र तत्काल गर्जो टार्ने खाद्यान्नलगायतका सामग्री सहयोग गर्ने कुरा भयो । यादव सैघालीलगायतका युवा ब्यावसायीहरुले लगातार छ महिनासम्म खाद्यान्न सहयोग पनि गरे । यही पीडालाई अर्का पत्रकार डिल्ली मल्लले आफ्नो तत्कालीन पत्रिका गोरखापत्र दैनिकमा अझ मसालेदार समाचार बनाए, जसले केही सहयोग जुट्यो । बाहिरबाट सहयोग जुटेपछि स्थानीय पनि सहयोगका लागि हौसिए र एउटा टिनको टहरो बनाइयो ।
घटना नम्बर २ः
२०७३ साउन २० गते विद्यार्थी नेता प्रकाश शाहीले रचनात्मक काम गरेर जन्मदिन मनाउने सोंच बनाए । केही अघि बालिमखोलाका दलित दम्पत्तिबारे उनले सुनेका थिए । यसबारे पत्रकार भुपेन्द्र ओलीसँग परामर्श गरे । भुपेन्द्रले जनक नेपालीलाई धेरै कुरा थाहा पाएको बताएपछि जनकलाई समेत लगेर प्रकाश चालमसहितको सहयोग सामग्री बोकेर बालिमखोलातिर लागे । त्यहाँ जाँदा प्रकाशले सोचेभन्दा फरक दृश्य भेटाए । बृद्ध नमबहादुर बिक पुरानो जकेट लगाएर बसेका रहेछन् । ‘यो गर्मीमा पनि यत्रो जकेट किन बुवा ?’– प्रकाशले अनपेक्षित जवाफ पाए– ‘पानी पर्दा घर चुन्छ, त्यही भिजिएला भनेर जकेट लगाएको !’
प्रकाशसहितको सहयोग दिन गएको टोलीलाई लाग्यो, यसरी सहयोग त गरौंला तर हामीले दिएको सामान त्यसैर भिजेल जानेछ । शरीर त भिज्नबाट जोगाउन नसक्ने बृद्ध दम्पत्तिले पक्कै पनि चामललगायतका सामग्री जोगाउन सक्ने छैनन् । यो टोली अब यो दम्पत्तिलाई घर बनाइदिने अटोठ गर्यो ।
नयाँ युगबोध दैनिकमा जनक नेपालीकै बाइलाइनमा पहिलो पेजमा ‘बृद्ध दम्पत्तिलाई खाना, छाना र नानाको अभाव’ भएको खबर छापियो । प्रकाशले आफ्नो फेसबुकमा पनि तस्विर पोष्ट गरे । विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुबाट केही गरौं भन्ने सोंच पलाएपछि उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण भुसाल र पत्रकार निमुसंगम घर्तीलगायतको अर्को टोली गएर बृद्ध दम्पत्तिको अवस्था अध्ययन गर्यो । विभिन्न विद्यालयका विद्यार्थीहरु खाचा खर्च कटाएर सहयोग दिन तम्सिन थाले । ‘एक थुकी सुकी, सय थुकी नदी’ भनेजस्तै विभिन्न क्षेत्रका व्यक्तिहरु यो अभियानमा जोडिन थालेपछि यसले वृहत अभियानकै रुप लिएको छ ।
घर शिलान्यास
रामपुर ३ बालिम खोलामा बस्दै आएका नमबहादुर विक र आईती विकको घर सिलन्यास गरिएको हो । बृद्ध दलित दम्पति नमबहादुर विक आईत विक दाङ उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष खड्कबहादुर बुढाथोकी, वाणिज्य उपाध्यक्ष नारायण भुसाल, पत्रकार महासंघ दाङका सदस्यद्धय जनक नेपाली, निमुसंगम घर्ति, विद्यार्थी अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश शाही, पत्रकार निशानदाजु भट्राई लगाएत स्थानियहरुले संयुक्त रुपमा सिलन्यास गरे ।
त्यसो त बृद्ध दम्पतिका लागि आवास निर्माण अभियान सञ्चालन भएपछि हाल नेपाल लगायत विदेशबाट पनि सहयोग उठ्नेक्रम जारी रहेको छ । बयोबृद्ध चित्रकान्त आचार्यको अध्यक्षतामा भएको कार्यक्रमम बोल्ने स्थानियहरुले आवास निर्माण अभियानले आफ्ना आखाँ खुलेको वताएका थिए । घर नजिकका बृद्धबृद्धाको सहयोगमा ध्यान नपुगेको उल्लेख गर्दै अभियान संञ्चालनले समाजमा ठुलो परिर्वतनमा आएको वताएका छन् ।
४८ हजार सङकलन
बृद्ध दम्पत्तिका लागि आवास निर्माणका लागि हालसम्म दाङमा ४८ हजार चार सय रकम उठेको छ । विभिन्न व्यक्तिमार्फत सो रकम जम्मा भएको अभियानका संयोजक प्रकाश शाहीले जानकारी दिए । आवास निमार्णका लागि दाङ उद्योगा वाणिज्य संघका उपाध्यक्ष खड्कबहादुर वुढाथोकीले आबश्यक पर्ने सिमेन्ट, अर्का उपाध्यक्ष नारायण भुसालले झ्याल ढोका, गरुकुल ईन्टरनेशलन एकेडीमी जस्ता पाता, उमाकान्त भण्डारीले दुइ ट्रिप वालुवा प्रदान गर्ने बताइएको छ ।
नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा र महिला संघ क्रान्तिकारीले २० हजार रुपैयाँको ईट्टा प्रदान गर्ने भएका छन् भने वुटवलमा पनि निशा श्रेष्ठले अभियान चलाएका छन् । काठमाण्डौ, वुटवल, सुर्खेत, अमेरिका, डेनमार्क लगायतका विभिन्न स्थानमा आवास निर्माण अभियान सञ्चालन गरिएको छ ।
आवास निर्माण समिति गठन
आवास निर्माणका लागि प्रकाश शाहीको संयोजक र जनक नेपाली सदस्य सचिव रहेको १४ सदस्य नमबहादुर र आईती विक आवास निर्माण समिति गठन गरिएको छ ।
समितिको सदस्यहरुमा दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण भुसाल, रेडियो मध्य पश्चिमका समाचार सम्पादक एवं पत्रकार महासंघ दाङका सदस्य निमुसंगम घर्ती, नयाँ पत्रिका दैनिकका भुपेन्द्र वली, गणतन्त्र दैनिकका उपसम्पादक निशानदाजु भट्राई, राष्ट्रिय युवा जनस्वयम्सेवक दाङका कोषध्यक्ष दिनेश गौतम, राप्रपा नेपालका युवा नेता उमाकान्त भण्डारी नयाँ शक्ति नेपालका केन्द्रिय परिषद सदस्य शिला पुन स्थानिय देवीेबहादुर विक, बीरबहादुर विक र तुलबहादुर विक सदस्य रहनुभएको आवास निर्माण समितिका अभियन्ता निमुसंगम घर्तिले जानकारी दिए ।
घर निर्माण तथा रेखदेख समिति
नमबहादुर र आईती विक आवास निर्माण समितिले घर निर्माण तथा रेखदेख समिति गठन गरिएको छ । स्थानिय चुलुवा गंगा उमावि रामपुरका विद्याललय व्यवस्थापन समितिका अध्यक्ष चुलुवा चौधरीको संयोजकत्वमा ५ सदस्य समिति गठन गरिएको हो । समितिको सदस्यहरुमा चित्रकान्त आचार्य, देवीबहादुर विक, विरबहादुर विक र तुलबहादुर विक रहनु भएको छ । समितिले प्रत्येक दिन बृदबृद्धाहरुको घर निर्माणका लागि स्थानिय स्तरबाट सहयोग गरिने बताईको छ ।
खाता सञ्चालन हुने
यसैविच सहयोग रकमलाई ब्यवस्थित गर्नका लागि घोराही स्थित ग्लोवल आई.एम.ई मा खाता सच्चालन गरिने भएको छ । अभियानका सदस्य एवं दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण भुसाल , पत्रकार महासंघ दाङका सदस्य एवं समितिका सदस्य सचिव जनक नेपाली र संयोजक प्रकाश शाहीको नाममा संयुक्त रुपमा खाता खोलीने वताएको छ । समितिले बृद्ध दम्पतिका लागि सहयोग गर्न चाहाने सबैलाई एकद्धार प्रणालीबाट आउँन समेत आग्रह गरिएको छ ।
0 comments
प्रतिक्रिया दिनुहोस्...