साउथ चाइना सीमामा चिनियाँ टापु नियन्त्रण प्रोजक्ट जारी नै रहँदा अमेरिकाको ध्यान भने एउटा टापुमा अडिएको छ। ‘स्कारबोरो शोल’ नामको सो द्वीप, स्प्राटली द्वीपसमूहबाट उत्तर पूर्वमा पर्दछ। यो द्वीप चीन, ताइवान र फिलिपिन्सले आफ्नो दावी गर्दै आएका छन्। यो द्वीपमा सैनिकरण गर्नु ‘रेड लाइन’ क्रस हुने भन्दै अमेरिकाले अन्यदेशलाई यो टापु तर्फ अाँखा नलगाउन रणनीतिक दबाब दिदै आएको छ।
‘बइजिङले रेड लाइन क्रस गरेको छ।’, अमेरिकी अधिकारीहरुले हालै बताएका छन्।
चीनले स्कारबोरो शोल वरिपरि आफ्ना साना दुइ-तीनवटा पानीजहाज खटाएकोमा पछिल्लो हप्ता देखि अचानक जहाजको सङ्ख्या बढाएको छ। अमेरिकी अधिकारिहरुले सो क्षेत्रमा अहिले दर्जन चिनियाँ पानीजहाज घुम्ने गरेको बताउँछन्।
सैन्य जहाज संगै चीनले सो क्षेत्रमा सयौं अन्य जहाजलाई अनुमति दिनेछ। यी जहाजले त्यहाँको पानी अनि अन्य संसाधन भण्डार गर्नेछन्। यस्तै तरिका चीनले पहिले इस्ट चाइना सीमा लगाएको थियो।
मार्चमा, अमेरिकी राष्ट्रपति बाराक ओबामाले चीनका समकक्षी सी जिन पिङसंग भेट गरि स्कारबोरो शोल फिलिपिन्सको निकट भएकाले सो क्षेत्रमा सैन्यीकरण नगर्न चेतावनी दिएका थिए।
अघिल्ला हप्ता सार्वजनिक भएका स्याटेलाइट तस्बिरहरुमा स्प्राटली द्वीपमा चीनले बनाउदै गरेको सैन्य बेस, फाइटर विमानको लागि एयरपोर्ट, ह्याङ्गर प्रस्टै देखिन्छ।
अहिले साउथ चाइना सीको अधिकांग भुभाग चीनको नियन्त्रणमा छ। ताइवान, फिलिपिन्स, ब्रुनाइ, मलेसिया र भियतनामको दावी पनि कायमै छ। यो क्षेत्रमा अमेरिकाले भने कुनै दाबी गरेको छैन।
0 comments
प्रतिक्रिया दिनुहोस्...