-->
सुकुमेल (सानो अलैँची), ५ रोगको घरेलु औषधि

सुकुमेल खाना खाइसकेपछि मसलाका रुपमा प्रयोग गरिन्छ । गरम मसलाहरुमा पनि यसको प्रयोग गरिन्छ । त्यस्तै अलैँचीको बोक्रा र दाना दुबै प्रयोगमा आउँछ । अलैँचीले भोजन पचाउन र वाकवाक रोक्न मद्धत गर्छ । गर्मी महिनासम्म अलैँची र कागतीको सर्बत सेवन गर्नाले शीतल

बनाउँछ । अपच भएमाः अलैँचीको दाना, सुठोलाई एक एक चम्चा लिएर पिस्ने र त्यो धुलो एक चम्चा तातो पानीसँग खाने । एक चौथाइ चम्चा हिङ, एक चम्चा सुठो, अलैँचीको दाना । बिरेनुन पिसेर धुलो बनाएर पानीसँग खाने । पेटमा बायु भरिएमा ः एक चम्चा अलैँचीको दाना, एक चम्चा सुप र एक टुक्रा अदुवालाई एक गिलास पानीमा मिसाएर उमाल्ने र बिस्तारै पिउने । मुख गन्हाउँदाः अलैँची र सुप एक चम्चा एक कप पानीमा उमालेर पिउने, मुखमा अलैँची, सुप हालेर चुसिरहने । स्वर सुक्दा\घाँटी बस्दा ः दालचिनी र अलैँची एक चम्चा मिसाएर पानीमा उमाल्ने र पानी छानेर कुल्ला गर्ने । झाडापखाला लाग्दाः अलैँची र धनीया आधा चम्चा पिसेर पानीमा उमालेर पिउने ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.